मन्थली बजारमा अग्नी निरोधक ग्यास फायर



१३ पुस, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप उद्योग वाणिज्य संघले बजार क्षेत्रमा अग्नी निरोधक ग्यास फायर वितरण गरेको छ । मन्थली बजार क्षेत्रमा भैपरी आउन सक्ने आगलागीलाइ मध्यनजर गर्दै ग्यास फाइर वितरण गरेको हो ।
बुधबार मन्थलीमा कार्यक्रमको आयोजना गरेर उद्योग वाणिज्य संघ रामेछापले मन्थली नगरपालिकाले उपलब्ध गराएको २५ वटा ग्यास फाइर बितरण गरिएको हो । रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले अग्नी निरोधक ग्यास फायर बितरण गरेका थिए ।

बितरण गरिएको फायर ८ देखि १० घरहरुले तत्काल आगलागी भएका प्रयोग गर्न सक्ने गरी केन्द्र बनाईएर राखिएको छ । बजार क्षेत्रमा आगलागीका घटनाहरु भएमा तत्काल नियन्त्रण गर्नका लागी र ठुलो क्षेती हुन बाट बचाउनका लागी अग्नी निरोधक ग्यास फायर बितरण गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्