मन्थलीमा बन्यो अत्याधुनिक मालपोत कार्यालय



१३ पुस, काठमाडौं ।
रामेछापको सदरमुकाम मन्थलीमा अत्याधुनिक सुविधा सम्पन्न मालपोत कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ । २ करोड ५९ लाखमा भवन निर्माण भएको हो । मन्थली नगरपालिका–२ मा निर्माण भएको साढे २ तले पक्की भवन निर्माणसँगै सेवाग्राहीलाई सहज हुने भएको छ ।

तस्बीर सौजन्यः पत्रकार टिका भट्टको फेसबुकबाट

सेवाग्राहीको घुइँचो लाग्ने कार्यालय भएकाले आधुनिक ढंगले भवन निर्माण गरिएको छ । १४ कोठे भवन ठेक्का सम्झौता भएको छ महिना अघि नै ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ । भवन भुकम्प प्रतिरोधात्मक र अत्याधुनिक रहको छ ।

भुकम्प नाकाबन्दीको कारण देखाउदै अधिकाशं ठेकेदार कम्पनीले ठेक्काको म्याद थपेको बेला भवन निर्माणको जिम्मा लिएका दिपक थापाले छ महिना अघि नै काम सम्पन्न गरेर मोलमोत कार्यालयका प्रमुखलाई बुधवार साँचो हस्तान्तरण गरेका छन् । अब रामेछापवासीले सहज र सुविधा सम्पन्न भवनबाट सेवा लिन पाउने भएका छन् । दुई बर्षमा सम्पन्न गर्ने ठेक्का सम्झौता भएपनि डेढ बर्षको अवधिमा नै थापाले भवन निर्माण गरेर सबैलाई उदाहरण देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्