एमालेले संसदीय व्यवस्था नै धरापमा पार्न लाग्योःकोइराला



१४ पुस, रामेछाप ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले संसद नै चल्न नदिएर एमालेले संसदीय ब्यवस्था नै धरापमा पार्न लागेको बताएका छन् । उनले एमालेले उत्ताउलो राष्ट्रबाद र उग्र राष्ट्रबादको नारा दिएर मूलूकलाई जटिल मोडमा धकेल्ने खेलमा लागेको बताएका हुन् । उनले कांग्रेसलाई राष्ट्रघातीको संज्ञा नदिन एमालेलाई चेतावनी दिदै भने,‘कांग्रेस सधै देश र राष्ट्रियताका पक्षमा संबेदनशिल छ, एमालेले राष्ट्रियताको पाठ सिकाउन जरुरी छैन् ।’

शिक्षक संघ रामेछापले मन्थलीमा आयोजना गरेको तीन दिने कार्यशाला गोष्ठीको उदघाटन गर्दै नेता कोइरालाले पूर्व राजाको एउटा बक्तब्य आउँदैमा गणतन्त्र र संघीयता नखोसिने बताए । नेपालमा अब राजतन्त्र कूनैनि हालतमा फर्कन नसक्ने बताउदै उनले पूर्व राजाको बक्तब्यका बिषयमा मन्त्रीपरिषदकै बैठकमा छलफल गर्नु लाजमर्दो विषय भएको बताए । नेताहरूलाई बनको बाघले भन्दा पनि मनको बाघल खाएको कोइरालाले बताए ।

कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल,शिक्षक संघका पूर्ब अध्यक्ष मोहन ज्ञवाली,रामेछाप कांग्रेसका सभापति लबश्री न्यौपाने,प्रेस यूनियनका सल्लाहकार शिब लम्साल लगायत आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्