रामेछापको चिसापानीमा शिक्षकद्धारा प्रअ कुटिए



१४ पुस, काठमाडौं ।
शिक्षकद्धारा विद्यार्थी कुटिएको घटना सुन्दै आएपछि रामेछाप जिल्ला चिसापानी गाविसमा शिक्षकद्धारा विद्यालयका प्रअ नै कुटिएका छन् । चिसापानी गाविसस्थित भिमेश्वर रुद्र माविका ४२ बर्षिय मनोजकुरमा सिंङलाई सोही विद्यालयका लवकुमार श्रेष्ठले कुटपिट गरेका छन् । मादक पदार्थ सेवन गरी आएको श्रेष्ठले प्रअ सिंङलाई कोठामै पुगेर कुटपिट गरेका छन् । कुटपिट गरी श्रेष्ठ हिँडेपछि नजिकै रहेको शिक्षक र अभिभावकलाई प्रअले गुहार मागेको स्थानीयले बताएका छन् । घटना पछि पीडित सिंङले जिल्लाप्रहरी कार्यालय रामेछापमा फोन मार्फत उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्