रामेछापमा ३३.४ मेगावाट लिखु– २ जलविद्युत आयोजना बन्ने निश्चित



१५ पुस, काठमाडौं ।
रामेछाप जिल्लाको लिखुमा ३३.४ मेगावाट लिखु–२ जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । माछापुच्छ«े बैंकको अनुवाइमा ६ वटा बैंक तथा वित्तिय संस्थाहरुले ४ अर्ब ५१ करोड रुपैयाँ कर्ज लगानी गर्ने प्रबर्धक कम्पनी र बैठकहरुबीच सम्झौता सम्पन्न भएको हो ।
यसका अन्य सहभागी बैंक तथा वित्तीय संस्थाहरु मेगा बैंक नेपाल लिमेटेड, नेपाल एसबिआइ बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लि., एभरेष्ट बैंक लि. र भिवोर सोसाइटी डेभलपमेण्ट बैंक लि. रहेका छन् । आयोजनाको लगानी संरचना अनुसार कुल लागत रु. ६ अर्व २ करोड मध्ये ७५ प्रतिशत वैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने छ । वैंकहरुद्धारा कर्जा लगानी गर्ने निश्चित भएपछि आयोजनाको निर्माण कार्य अघि बढने निश्चित भएको छ ।

लिखु–२ जलविद्युत आयोजना रामेछाप जिल्लाको गुम्देल गाविस र सोलुखुम्बु जिल्लाको भकञ्जे गाविसमा अवस्थित छ । २४२ मिटर हेड र १६.५ क्युसेक (डिजाइन डिस्चार्ज) पानीवालुवा थेग्रायाई करिवन ७ किलोमिटर सुरुङ तथा ४८९ मिटर पेनस्टक पाईपको माध्यमद्धारा विद्युतिय उर्जा उत्पादन गरिनेछ । अध्ययन अनुसार आयोजनाबाट वार्षिक १८ करोड २५ लाख ९० हजार युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ ।
उक्त उत्पादीत उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युतखरिद विक्री सम्झौता (पि.पि.ए) अनुसार न्यू खिम्तीसव स्टेशनसम्म आयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाबाट राष्ट्रिय प्रसारण प्रणाली मार्फत स्वदेशमै आन्तरिक खपतको लागि वितरण गरीने छ । आयोजना समयमै सम्पन्न गर्न प्रवर्धक कम्पनिले सरकारलाई “परफमेन्स सेक्युरिटी” वुझाएको छ ।

सहभागी बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट माछापुच्छ्रे वैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र प्रवद्र्धक ग्लोबल हाईड्रोपावर एसोसिएट प्रा.लि.का तर्फबाट अध्यक्ष मोतीलाल दुगडबीच सम्झौता आदानप्रदान भएको छ । यो लगानी सम्झौता भएको २÷३ महिनाभित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी २०७७ श्रावण १ भित्रै विद्युत उत्पादन गरिने लक्ष्यलिइएको छ ।

प्रतिक्रिया दिनुहोस्