स्वास्थ्यकर्मी युनियनको सचिबमा दुर्गा देवकोटा



१७ पुस, काठमाडौं ।
स्वास्थ्यकर्मी युनियन नेपालको केन्द्रीय सचिवालय सचिबमा दुर्गा देवकोटा निर्बाचित भएकी छिन् । स्वास्थ्यकर्मी युनियनको राजधानीमा भएको केन्द्रीय महाधिवेशनबाट देवकोटा सचिबमा सर्वसम्मत निर्वाचित भएकी हुन् । नवनिर्वाचित देवकोटा लामो समयदेखि स्वास्थ्यकर्मी युनियनको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छिन् । निर्वाचित भएपछि देवकोटा आफुलाई सर्वसम्म सचिवालय सचिबमा निर्वाचित गराउन भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्