गुन्सीको सोह्रखुट्टे पाटी पुनर्निर्माण



१८ पुस, रामेछाप ।
१२ वैशाखको विनाशकारी भूकम्पले क्षति र्पुयाएको रामेछापको गुन्सी भदौरे–१ स्थित सोह्रखुट्टे पाटी पुनर्निर्माण गरिएको छ । स्थानीयको सक्रियतामा विदेशमा बसोबास गर्नेहरूले गरेको आर्थिक सहायताबाट सोह्रखुट्टे पाटी पुनर्निर्माण गरिएको हो । पुनर्निर्माणमा ८ लाख ८२ हजार ४२ रुपैयाँ खर्च भएको छ ।

पाटी पुनर्निर्माणका लागि जम्मा भएको थप पाँच लाख पचास हजार पाँचसय ७३ रुपैयाँ मौज्दात रहेको छ । सो पाटी विक्रम संवत् १९८८ सो पाटी निर्माण भएको थियो । वि.सं. २०३० सालतिर रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीको भ्रमण हुँदा विद्यालय स्थापनाका लागि तत्कालिन गाउँ पञ्चायतका प्रधानपञ्च लक्ष्मीप्रसाद गौतमको अगुवाइमा पञ्चकन्या प्राथमिक विद्यालय स्थापना भएको थियो ।

तर विद्यालय भवन नहुँदा यसै सोह्रखुट्टे पाटीबाट पठनपाठन सुरु भएको थियो ।उक्त पाटीको पश्चिमपट्टी रु १० हजार भन्दा माथि रकम प्रदान गर्नेहरुको नाम ताम्रपत्रमा र १० हजार भन्दा कम सहयोग गर्नेहरुको नाम फ्लेक्सवोर्डमा नामाङ्कन गरी राखिएको छ ।
स्थानीय शिवप्रसाद गौतमको अध्यक्षतामा बनेको निर्माण समितिले रकम संकलन गर्नुका साथै जनश्रमदानसमेत गराएर पाटी निर्माण गरेको हो । उदघाटन समारोहमा फत्तप्रसाद गौतमलाई पाटी बनाउन उद्घघोष एवं संकल्पसहित पहिलो चन्दादाताका रुपमा, पुण्यप्रसाद गौतमलाई सबैभन्दा बढी रकम प्रदान गर्ने दाताका रुपमा र निलकण्ठ, नरहरी गुठीको सम्पूर्ण रकम उक्त पाटी निर्माणार्थ सहयोग गरे वापत सूर्यप्रसाद गौतमलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्