बेथानमा भलिबल प्रतिगोगिता हुने



१८ पुस, रामेछाप ।
संसारलाई बदल्ने उर्जाशील शक्ति युबाहरु नै हो, एकाग्र गर्दै अघि बढाउने खेलकुद नै मार्गदर्शन हो भन्ने मुल मन्त्रको साथ रामेछापको बेथानमा भलिबल प्रतिगोगिता हुने भएको छ । सुनापती युवा तथा खेलकुद बिकास समिति बेथानद्वारा गत बर्षमा झै यस पनि पनि भलिबल प्रतियोगिता हुने भएको हो ।

२८५३औ सोनाम ल्होछार (ज्या–चरा बर्ष) को पावन अवसरमा आगामी माघ १२ गते देखि १४ गतेसम्म वडास्तरीय भलिबल प्रतियोगिता हुन लागेको छ । बेथान गाबिसका संघ,संस्था, टोल, छिमेक र सबै वडाका टीमहरु र खेलाडी मित्रहरुमा जानकारी पठाएको सुनापति युवा तथा खेलकुद विकास समितिका अध्यक्ष रोज लामाले बताए ।

खेललाई रोमाञ्चक र सफलता पुर्वक सुचारु र सम्पन्न गर्न गराउनको लागि सबै संघ(संस्था खेलप्रेमी जनसमुदाय, खेलाडी मित्रहरु सबैलाई आमन्त्रण गरिएको उनले बताए । विजयी टिमर्ला प्रथम पुरस्कार ११ हजार, द्धितीय ७ हजार र तृतीय ४ हजार नगद सहित साथमा सिल्ड मेडल र प्रमाणपत्र रहेको छ ।

सान्त्वना टिमको लागि १५ सय रुपैयाँ रहेको छ । खेलको लागि टीम दर्ता १५ सय, टिम दर्ता आजबाट माघ ११ गतेसम्म रहेको छ । खेल बेथान गाविसको गाविसको भवनका खेल मैदानमा हुने अध्यक्ष घिसिङले बताए ।

यस्तो छ खेलका नियमहरु
–खेल लिग कम नकाउट्को आधारमा खेलाईने छ ।
–खेलमा ९ जना खेलाडी अनिबार्य हुनुपर्नेछ । (टीम कोच र टीम ब्यबस्थापक सहित ११ जना)
–ड्रेस अनिबार्य हुनुपर्नेछ ।
–खेल अबधिमा आयोजक र निर्णायकप्रति कुनै पनि खेलाडी, टीमको सम्बन्धित कोही ब्यक्तिबाट हिंसात्मक प्रबृत्ति देखाउने,अपशप्द र गाली, गलोच प्रयोग गर्न पाईने छैन । यदि त्यस्तो प्रबृत्ति कोही कसैमा वा कुनै टीमबाट भएमा उक्त टीम वा खेलाडीलाई स्वतः खेलबाट खेल खेल्नबाट बञ्चित गराईनेछ ।
–खेल प्रति कुनै सल्लाह सुझाब,असन्तुष्टि वा गुनासो भएमा खेललाई कुनै बाधा नर्पुयाई कन शान्तपुर्बक ब्रेक टाईम मा आफ्नो कुरा आयोजक र निर्णायक समक्ष राख्न सक्नुहुनेछ ।
–बेथान गाबिस भन्दा बाहिरको खेलाडीलाई खेलमा समाबेश गराईने छैन ।
–खेलमा आयोजक र रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्