अब रामेछापमा गुन्डागर्दी चल्दैनःडिएसपी ढुङ्गेल



रामेछाप जिल्लामा तीन महिनाको अवधिमा शान्ति सुरक्षा निकै सुधार महशुस रामेछापवासीले गरेका छन् । दादागिरी देखाउने गुन्डागर्दी गर्नेहरु अहिले पाखा लागेका छन् । डिएसपी कुमुद ढुङ्गेले जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मेवारी सम्हालेसँगै रामेछापवासीले सहज महशुस गर्न पाएका छन् । जिल्लामा हुने गुन्डागर्दी र दादागिरी अन्त्य गराउन सफल भएका डिएसी ढुङ्गलले अब रामेछापमा कुनै पनि दादागिरी गर्न नदिने अभियान चलाएपछि धम्काए थर्काएर खाने र गुन्डागर्दीमा लाग्नेहरुको भागाभाग भएको छ । बालोबजारीमा संलग्नलाई प्रहरीले कानुनी दायरमा ल्याएको छ । यसै विषयमा तीन महिनाको अवधिमा रामेछापको शान्ति सुरक्षामा आएको परिवर्तन नागरिकसँग प्रहरीको भूमिका लगायतको विषयमा केन्द्रीत रहेर डिएसपी कुमुद ढुङ्गेलसँग रामेछाप न्युजले गरेको कुराकानीः

तीन महिनामा नै गुन्डागर्दी निणयन्त्र

जिल्लामा आएपछि मैले भनेको थिए–धेरै बोल्दिन कामको आत्ममनन गर्ने काम तपाईहरुको हो । मैले जिम्मेवारी सम्हालेपछि ट्राफिक नियम पालना गराउने कामलाई कडाईको साथ अगाडि बढाए । कालोबजारीमाथि कारवाही अगाडि बढाए । राजनीतिक आवरणमा हुने गुण्डागर्दी बन्द गरिदिए । अपराध र गुण्डागर्दीमा लागेका मेरो फलानो पार्टी छ भन्ने तर ऊ पार्टीका कार्यकर्ता भएको आधारमा दादागिरी नगरेको नभई गुण्डागर्दीमा मात्र पेसा बनाएकाले त्यस्तो गतिविधि नियन्त्रण गरिएको छ । फरार अभियुक्त पक्राउ गरिएको छ । काठमाडौं जिल्ला अदालतले कैद तोकेको डाँटा चोरी मुद्दा लागेकाहरुलाई पक्राउ गरिएको छ । कोही मान्छेहरु आएर आत्मसमपर्ण गर्ने काम पनि भएको छ । रामेछाप जिल्लाभित्रको अपराध सजाय भन्दा पनि काठमाडौं पोखरा लगायतका ठूला शहरमा अपराध डकैती र कर्तव्य ज्यानको मुद्दामा रामेछापका केही मान्छे छन् ।

कुमुद ढुङगेल प्रहरी प्रमुख,जिल्ला प्रहरी कार्यालय रामेछाप

जुवा खेल्न पाउनु पर्छ भन्ने पनि छन्

तुलनात्मक रुपमा रामेछापमा शिक्षा र चेतनाको बृद्धि हुँदै गएको देखिन्छ । लहलहीमा लागेर केही अपराधमा लागेका छन् । जसले बुझेका छन् । उनीहरु अपराधमा लागेका छैनन् । जिल्लाको गौश्वारा गाविसको चाँही एउटा संस्कार रहेछ । भोज गर्नुपर्ने, परम्परादेखि भएको धर्म संस्कृति मान्ने नाममा ठूलो खर्च गर्नुपर्ने । हामीले जुवा खेल्न पाउनु पर्छ भन्ने सोचाइका मान्छेहरु पनि केही भेटिए । गौश्वरामा मात्र नभई हामीले जिल्लाभर नै प्रहरीले जुवातास खेल्ने काम गर्न दिएका छैनौं । बर्षभरी ठेकेदारी गर्ने दुःख गर्ने बर्षको एक पटक खलेर सिध्याउने कुराको अन्त्य भएको छ ।
दादागिरी देखाएर खाने परम्पराको अन्त्य
पूर्ण रुपमा त अन्त्य भएको छैन् । हामी प्रयास गरिरहेका छौ । जति सक्ने हो छोटो अवधिमा गरेका छौं । जिल्ला विकास समितिको ढुङ्गा गिटीको ठेक्का पनि टेन्डर नहाल्ने चोरेर गर्ने काम गरिदै आएको रहेछ । विगतमा गलत ढंगबाट हुने कमाइलाई रोक्ने काम भएको छ । यस बर्ष जिविसलाई आम्दानी हुने गरी ४५ लाख रुपैयाँमा गिटी बाुलुवा ठेक्का लागेको छ ।
प्रेसर दिदैमा म दोषी छोडने पक्षमा छैन्
दबाबलाई कसरी बुझ्ने भन्ने हो । राजनीतिक दबाब मेरो कार्यकर्ता हो छोडनु पर्छ भन्ने कुरा हो भने यसलाई प्रेसरको रुपमा लिनुपर्छ । नत्र रामेछापका जनता राजनीतिक दलका भोटर भएको कारणले उहाँहरुले के हो भनेर सोध्नु राम्रो कुरा हो । तर छोडनु पर्छ भन्नु गलत कुरा हो । जुन केस र अपराधको वास्तविकता बुझेर म के अनुरोध गर्छु भने–कम्तिमा बुझेर मात्र सिफारिस गर्नुहोस, नबुझिकन उहाँहरुले छोडन दबाब दिदा उहाँहरुको पनि इज्वत डाउन हुन्छ । त्यो नहोस भन्ने आग्रह हो । मलाई प्रेसर छैन । प्रेसर आयो भन्दैमा म छोडने पक्षमा छैन ।

टेलिफोनको भरमा काम चल्दैन
विगतमा जिल्लामा हरेक कुरा टेलिफोनमा चल्न परम्परा रहेछ । मैले त्यसलाई भत्काएको छु । अब यो परम्परा अन्त्य भएको छ । अपराधमा संलग्न छ । सामाजिक संघ संस्था र राजनीतक दलले यो मान्छे हाम्रो हो भनेर लिखित प्रतिबद्धता गरे भने म छोडन सक्छु । मौखिक भरमा छोडने कुरा त भएन । लिखित आयो भने सोच्छु ।

विगतमा प्रहरी दपेटिएर बसेका रहेछन
पहिला जिल्लामा प्रहरी दपेटिएर बसेको रहेको स्थिति रहेछ । रामेछापमा एक प्रकारको दादागिरी नै हो । जसले जे गरेपनि हुन्छ । प्रहरीले सानो कुरामा एक्सन लिदा पनि नारावाजी गर्ने,प्रेसर दिने कुरा रहेछ । त्यो कुरा अहिले छैन् । मैले पटक–पटक भेटघाटमा आफ्नो कुराहरु भन्ने गरेको छु– डिएपपीले मान्छ, म पनि त्यो ठाउँमा बसेर गर्न सक्छु भन्ने मानसिकता आउछ भने भन्नुहोस नत्र नभन्नु ।

प्रहरी कार्यालय आउन मान्छे खोज्नु पदैन
प्रहरी कार्यालयमा आउन कसैले डराउनु पदैन । निर्धक्क आए हुन्छ । आफ्ना गुनासा र समस्या खुलस्त रुपमा राखे हुन्छ । प्रहरी जनताको लागि हो । आफूले गल्ती नगरेपछि सर्वसाधारणले मालपोत कार्यालय जान कोही मान्छे खोज्नु पदैन भने जिल्ला प्रहरी कार्यालयमा प्रवेश गर्नुपर्ने बेलामा पनि कोही मान्छे खोज्नु पदैन । जनताकै तिरेकै करले हामीले तलब खाएको हो । राज्यको कारिन्दा हो । कोही मान्छे चिन्नु पदैन । एउटा प्रहरीले गल्ती गर्दा सिंगो प्रहरी संगठनलाई दोष देखाउने परम्पार गतल छ । यसो गर्नु हुँदैन । पाँच वटा औला जसरी बराबर छैन । एउटै आमाले जन्माएको छोराछोरीको त मन एउटै हुँदैन । प्रहरी कर्मचारीको विषयलाई लिएर सिंगो संगठनलाई दोष दिनु हुन्छ । व्यक्तिगत रुपमा आक्षेप लगाउनु पर्छ ।

बदमासी गर्ने प्रहरीलाई स्पोटमै कारवाही गर्छु
बदमासी गर्ने प्रहरीलाई स्पोटमै कारवाही हुन्छ । प्रहरी ऐन नियमको परिधिभित्र रहेर कारवाही गर्छु । तर कसैले कुनै प्रहरीले राम्रो काम गर्दा पनि गलत रिपोर्ट गर्न सक्छ । त्यसमा चाही म कारवाही गर्दिन । लोकल रक्सी बनाउने ठाउँमा गएर कारवाही गर्यो भने त्यो प्रहरीले घुस माग्यो भन्न सक्छ । त्यो कुरा हो कि होइन क्रसचेक गरिन्छ । पहिला आफ्नो अनुहार ऐनामा हेरेपनि अरुको मुल्याङकन गनुपर्छ ।

कुन धर्मले जुवातास र रक्सी खान पाउनुपर्छ भन्छ ?
जिल्लामा जाँडरक्सी खाने तुवातास खेल्ने क्रम निकै घटेको छ । गाउँदेखि सदरमुकामसम्म नै घटेको छ । रामेछापमा तामाङहरुको जनसंख्या बाक्लो छ । जनजातिहरु बढी छन् । धर्मको नाममा रक्सीको कुरा जोडिएर आउछ । तर मैले बारम्बार भन्ने गरेको छु–कुनै पनि धर्ममा जुवातास खेल्न पाइने र रक्सी खान पाइन्छ भनेको देखाउनुहोस म फ्रि गरिदिन्छु भनेको छु । नेवारको परम्परा अनुसार सगुन चढाउनु पर्छ भन्ने हुन्छ । तर सगुनको नाममा घ्यापै रित्याउनु पर्छ भन्ने छैन् । धर्म संस्कृतिको नाममा विकृति गर्न त पाइएन नि ।

आवश्यकता अनुसार प्रहरी पुग्छ
खाडाँदेवीको चोप्राङ, टोकरपुर र धोवीमा तीन स्थानमा ईलाका प्रहरी कार्यालय छ । बेथान र प्रितिमा श्रेणीको प्रहरी कार्यालय छ । भौगोलिक अवस्थाका कारण प्रहरी सबै स्थानमा नपुग्नु त स्वभाविक नै हो । तर जे छ त्यो अनुसार प्रहरी पुगेको छ । सडक सञ्जाले गर्दा पनि सहज भएको छ । रामेछापमा जम्मा तीस किलोमिटर सडक मात्र पिच छ । जिल्लामा झण्डै चार सय जनाको दरवन्दी छ ।

अपठ्यारो मान्नु पदैन सिधै मलाई फोन गर्नुहोस
प्रहरीले दादागिरी र अत्यार गर्यो भन्दा पनि सबै जनता कानुनको परिधिभित्र रहुँ । कानुनले तोकेको काम गरौं । कानुनले नतोकेको काम नगरौं । गल्ती केही नगर्दा प्रहरीले केही भन्नु पर्ने अवस्था नै रहदैन । राज्यको नीति नियम र कानुनको परिधिमा रहेर व्यवहार गरौ भन्ने आग्रह छ । सानो भन्दा सानो सूचना पनि हाम्रो लागि महत्वपूर्ण हुन्छ । सानो सूचना पनि मलाई सिधा सम्पर्क गरेर दिन सक्नुहुन्छ । मेरो ९८५४०५५५५५ मा सिधा फोन गर्दा हुन्छ । अपठ्यारो परे बिहान बेलुका राती जतिखेर पनि मलाई सिधा सम्पर्क गर्दा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्