लखनपुर गाविस पूर्ण खोपमुक्त घोषणा



२४ पुस, रामेछाप ।
रामेछाप जिल्लाको लखनपुर गाविस पूर्ण खोपमुक्त गाविस घोषित भएको छ । गाविसमा आयोजिक एक कार्यक्रमकोबीच लखनपुर गाविसलाई पूर्ण खोपमुक्त गाविस घोषणा गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख प्रकाश शाहले जिल्लालाई नै पूर्ण खोपमुक्त गर्ने अभियान रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य चौकी लखनपुरका अध्यक्ष समेत रहेको गाविस सचिव लालबहादुर श्रेष्ठले लखनपुर गाविस पूर्ण खोपमुक्त गाविस गर्नु गाविसवासीको लागि खुसीको कुरा भएको बताए ।

सोही कार्यक्रममा स्वास्थ्य चौकी निर्माण गर्नको लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा जग्गादाताहरु, लालमान तामाङ, शेरबहादुर तामाङ, सिङ्ग बहादुर तामाङ र मुङगा तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्