मन्थली नगरपालिकाको विकासमा भूमिका खेल्छुःमन्त्री जगेबु



२४ पुस, काठमाडौं ।
संघीय मामिला तथा स्थानिय विकास राज्यमन्त्री श्रीप्रसाद जगेबुले सरकार स्थानीय तहको निर्वाचनमा जुटेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचनको लागि कानुन निर्माण भइरहेको बताएको बताएका हुन् । आईतबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित मन्थली नगरपालीको पाचौ नगरपरिषदको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जंगेबुले २०५४ सालदेखि मूलुकमा जनप्रतिनिधि विहीन अवस्था रहेकाले सरकारको पहिलो प्राथमिकता स्थानीय तहको निर्वाचन भएको बताए । राजनीतिक अधिकार अधिकारको लागि लड्दा स्थानीय चुनाव हुन नसकेको बताउदै मन्त्री जगेबुले,‘मन्थली नगरपालिकालको विकास निर्माणमा भूमिका खेल्छु ।’

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मन्थली नगरपालिकाले आर्थिक बर्षका लागि ल्याएको निति तथा कार्यक्रमहरु अत्यन्तै राम्रो भएकाले त्यसको प्रभावकारी कार्यान्वयमा जोड दिए । कार्यक्रममा मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोक्तम सापकोटाले चालु अर्थिक बर्षमा हालसम्म भएका प्रगतिको समिक्षा तथा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व सभासदद्धय तरानारायण श्रेष्ठ र लक्ष्मी गुरुङ, स्थानिय विकास अधिकारी दिनेशराज पन्त ,नेपाली कांग्रेस रामेछापका सभापती लवश्री न्यौपाने, नेकपा एमाले रामेछापका उपसचिव झम्क कडेल, नेकपा माओवादी केन्द्र रामेछापका नेता उद्वब रम्तेल लगायतले मन्थली नगरपालिको विकासमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्