सर्वोच्च अदालतद्धारा अख्तियार प्रमुख लोकमान कार्की अयोग्य भएको फैसला



२४ पुस, काठमाडौं ।
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की अयोग्य भएको भन्दै पदमुक्त भएको फैसला सुनाएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गर्दै यस्तो फैसला गरेको हो ।
कार्कीको योग्यता नपुगेको भन्दै परेको रिट खारेज गर्ने सर्वोच्चको यसअघिको ओदश खारेज गर्दै आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय (ग) र (ङ) बमोजिम योग्यता नभएको व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०र२२ निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ ।’

२०७१ असोज ८ मा न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले राजप्रसाद सेवा समेत जोडेर कार्की नियुक्तिका लागि योग्य भएको फैसला सुनाएको थियो । कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णय लगतै अधिवक्ता ओमप्रकाश अर्यालले त्यसलाई रोकि पाउँ भन्दै रिट निवेदन दिएका थिए । अर्यालले वैशाख २३ मा अर्को रिट हाले ।

तर, सर्वोच्च प्रशासनले जसविरुद्ध रिट हाल्ने हो, उसलाई जानकारी दिएर मात्र दायर हुन सक्दै भन्दै त्यसलाई दरपीठ गरिदियो । प्रशासनको दरपीठलाई वैशाख २७ मा सर्वोच्चले खारेज त र्गयो, तर, त्यसबेला कार्की अख्तियार प्रमुख भइसकेका थिए । अयार्ल पुरक निवेदन लिएर गए । अख्तियार प्रमुख भएको ३ बर्ष ८ महिनापछि सर्वोच्च अदालतले कार्कीलाई अयोग्य भएको फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्