समाजसेवी हस्तबहादुर लामाको निधन



२५ पुस, रामेछाप ।
रामेछाप जिल्लाका समाजसेवी हस्तबहादुर लामाको निधन भएको छ । रामेछाप जिल्ला बेथान गाविसमा जन्मिएका लामाको आज ९८ बर्षको उमेरमा निधन भएको हो । बेथान गाविसमा जन्मिएर जिल्लाको सामाजिक कार्यका साथै शैक्षिक विकासको लागि लामाले अग्रणी भूमिका खेलेका थिए ।
बेथानस्थित डहु मावि डहुको संस्थापक अध्यक्ष समेत रहेका हस्तबहादुर लामाले निधनले अपुरनिय क्षति पुर्याएको छ । डहु मावि डहुका प्रअ दलबहादुर लामाले संस्थापक अध्यक्ष हस्तबहादुर लामाको निधनले विद्यालय परिवार निकै मर्माहत भएको बताए । प्रअ लामाले रामेछाप जिल्लाको शैक्षिक विकासका साथै डहु मावि डहुको शैक्षिक उन्नयनका लागि समाजसेवी लामाले खेलेको भूमिका निकै उदारणिय रहेको बताए ।

त्यसैगरी समाजसेवी हस्तबहादुर लामाको निधनप्रति खनियापानी गाविस रुपाकोटस्थित कृष्णपुरी विद्यालय परिवारलेले पनि गहिरो दुःख व्यक्त  गरेको छ । कृष्णपुरी माविको संस्थापक अध्यक्ष रहेका लामाको निधनले अपुरणिय क्षति पुर्याएको भन्दै कृण्णपुरी माविका प्रअ रोमन योञ्जनले लामाको निधले विद्यालय परिवार दुःखित भएको बताएका छन् ।

प्रअ योञ्जनले एक विज्ञप्ती जारी गर्दै रामेछाप जिल्लाको शैक्षिक विकासका साथै सामाजिक शैक्षिक जागरण ल्याउन संस्थापक अध्यक्ष लामा निकै ठूलो देन दिएको स्मरण गरेका छन् ।

विज्ञप्तीमा भएको छ, लामाले समाजमा शिक्षाका ज्योति फैलाउन खेलेको भुमिका उच्च सम्मान गर्दे दिवग्त आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि समवेदना व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्