नेपाल टेलिकमले पनि ब्यालेन्स सकिदा सापटी दिने



२५ पुस, काठमाडौं ।
नेपाल टेलिकमले पनि आफ्ना प्रिपेड ग्राहकका लागि ब्यालेन्स सकिँदा सापटी लिन सक्ने गरी नयाँ सेवा सुरुवात गर्ने तयारी गरेको छ । सेवा थालनी गर्न अहिले टेकिलमले प्राविधिक तयारी लगभग अन्तिम चरणमा र्पुयाएको बताएको छ । टेलिकमको प्रतिस्पर्धी सेवा प्रदायक संस्था एनसेलले यसअघि नै सापटी सेवा सुरु गरिसकेको छ । एनसेलको उक्त योजना निकै सफल र उपयोगी भएपछि टेकिलमले पनि ब्यालेन्स ‘पैँचो’ लिने सेवा सुरु गर्न लागेको हो ।

सेवाको सुरुवात पछि टेलिकमका प्रिपेड ग्राहकले आफ्नो ब्यालेन्स सकिएपछि कम्पनीसँग तोकिए बराबरको रकम सापटीका रुपमा लिन पाउनेछन् । जुन सापटी रकम अर्को पटक रिर्चाज गर्दा काटिनेछ । पैँचोको रुपमा यसलाई दिइने भएकाले ग्राहकले भुक्तानी गर्नुपर्ने छ । यसको सम्पूर्ण मोडालिटी बनिनसकेकाले सेवा थाल्न केही समय अझै लाग्ने नेपाल टेलिकममले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्