रामेछापमा सवारी दुर्घटनाः एकको मृत्यु, दुईको अवस्था गम्भीर



२७ पुस, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरापलिका–१ मक्षेडाँडी विट्टाटारमा सवारी दुर्घटना हुँदा एक जनाको निधन भएको छ । बज्रगुरु निर्माण सेवा कम्पनीको क्यापबाट मन्थली आउदै गरेको ना १ अ यो ५७ नम्बरको ट्रिफर दुर्घटना हुँदा सिन्धुली भद्रवाली–८ का रमेश बम्जनको घटनास्थलमै मृत्यु हो ।

तस्बीरः जिल्ला प्रहरी कार्यालय रामेछाप

ट्रिफर सडकबाट झण्डै ९० मिटर तल खसको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जोशीले रामेछाप न्युजलाई बताए । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । सिन्धुली घर भएको बर्ष २१ को मोहन खडका, सर्लाही जिल्ला घर भएको बर्ष ३० को मुकुन्द घिमिरेको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पतालमा रिफर गरीएको छ ।

रामेछाप डडुवा–५ बस्ने बर्ष २१ को कुसुम थामीको भने मन्थलीस्थित तामाकोशी अस्पताल उपचार भइरहेको प्रवक्ता जोशीले बताए । प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा टिपर तिब्र गतिमा रहेको र मोडमा चालकले उचित नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्