कुलमान घिसिङ ‘बेस्ट म्यानेजर अवार्ड’ बाट सम्मानित



२८ पुस, काठमाडौं ।
देशलाई लोडसेडिङमुक्त बनाउने अभियानमा अहोरात्र लागेको नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ बेस्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै उज्यालो बनाउने अभियानमा लागेका घिसिङले सम्मान गरिएसको हो ।

राजधानीमा नेपाल चेम्बर अफ कमर्सले आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख घिसिङलाई सम्मान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सिंगो देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा सरकार लागेको बताएका थिए । प्रचण्डले भने,‘नेपालको समृद्धि बाहेक सरकारको कुनै चाहना छैन ।’

कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठलेसरकारले राखेको साढे ६ प्रतिशतको आर्थिकबृद्धि हासिल गर्न सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्रमैत्री केही ऐनले सकारात्मक संकेत देखाएको बताउदै उर्जा क्षेत्रको विकासमा निजी क्षेत्र सहयोग गर्न प्रतिबद्ध रहेको बताए । चेम्बरले यसै अवसरमा विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई ‘बेस्ट म्यानेजर अवार्ड’बाट सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्