खिम्तीको हिमाल हाइड्रोपावरबाटै रामेछापवासीलाई बिजुली



२८ पुस, रामेछाप ।
रामेछाप जिल्लाको लागि खिम्तीस्थिति हिमाल पावरबाटै जिल्लावासीले बिजुली पाउने भएका छन् । रामेछापको लागि सिन्धुपाल्चोकको लामोसाँघुबाट प्रदान हुने ३३ केभी विद्युत प्रसारण लाइन सदुरमुकाम मन्थलीबाट १७ किलोमिटर रहेको खिम्तीको हिमाल हाइड्रपावरबाट वितरण हुने गृहकार्य सुरु भएको छ ।
रामेछाप २ नम्बर क्षेत्रका सांसद एवं नेकपा माओवादीका नेता श्यामकुमार श्रेष्ठ ‘कुशल’ले सवस्टेसन लामो दुरीमा हुँदा रामेछाप जिल्लाबासीले पटक–पटक सास्ती भोग्ने बाँध्यता हटाउनको लागि उर्जा मन्त्रालयसँग कुराकानी भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘उर्जा जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग कुराकानी भएको छ, अब छिट्टै खिम्ती हिमाल हाइड्रोपावरबाटै विद्युत वितरण हुन्छ ।’ उनका अनुसार उर्जा मन्त्रालयले रामेछाप जिल्लावासीले उपभोग गर्ने विद्युत सहज रुपमा वितरण गर्न मन्त्रालय सकारात्मक छ ।

हाल रामेछाप जिल्लाको लागि ८७ किलोमिटर टाढा सिन्धुपाल्चोकको लामोसाँघुबाट विद्युत आयत हुँदै आएको छ । लामोसाँघुबाट जिल्ला सदरमुकाम मन्थलीमा एउटा मात्र सवस्टेस रहेको छ । नियम अनुसार २० किलोमिटरको अन्र्तरमा सवस्टेसन राख्नु पर्ने प्रावधान भएपनि रामेछापमा भने लामो दुरीमा स्वस्टेसन राख्दा लामो समय बत्ति जाने समस्या रामेछापवासीले खेप्नै आएका छन् । नेपाल विद्युत प्राधिकरणले खिम्ती आयोजना मार्फत नै जिल्लामा ३३ केभी लाइन वितरण गर्नुपर्नेमा रामेछापवासीले जोड दिएका थिए ।
सांसद श्रेष्ठले भने,प्राविधिक पक्ष मिलाएर केही समयभित्र नै खिम्तीबाट मन्थली सवस्टेसनमा विद्युत कनेक्सन हुन्छ ।’ उनले रामेछापलाई लोडसेडिङमुक्त हुने गरी उपयोग गर्ने बारेमा पनि आफूले पहल गरिरहेको बताए । खम्ती जलविद्युत आयोजनाले रामेछापका क्षेत्र नम्बर १ का ७ गाविसमा विद्युतीकरण गरेका छ ।

रामेछाप जिल्लाका ३३ वटा गाविसमा अबको डेढ बर्षभित्र विद्युतीकरण गर्ने गरी डेन्टर प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत प्राधिकण रामेछापका सुपरभाइजर प्रदिप अधिकारीले रामेछाप न्युजसँग भने,‘खिम्ती हाइड्रोपावरबाट मन्थलीमा सवस्टेसनमा विद्युत कनेक्सन गर्दा निकै राम्रो हुन्छ । यस अघि रामेछाप न्युजले यस बारेमा समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्