रामेछापको पकरवासमा सवारी दुर्घटना, दुईको मृत्यु



२८ पुस, रामेछाप ।
रामेछापको पकरवासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पकरवास–६ स्थित ढुङगेल गाउँको उकालोमा मिनी ट्रक दुर्घटना हुँदा दु्ई जनाको मृत्यु भएको हो । सित्खाबाट गाल्पा तर्फ बालुवा लोड गरी जादै गरेको बा. ४ ख १७५५ नम्बरको मिनी ट्रक सडकबाट करिब १०० मिटर तल भिरमा खस्दा चालक रामेछापेछाप भिरपानी– १ सित्खाका २० बर्षिय दिनेश माझी र भीरपानी गाविसकै २१ बर्षिय कुमार माझीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले बताए ।

घटनामा परी घाइते भएको ट्रकका सह–चालक भिरपानीका १९ बर्षिय जुगल मगरलाई सदरमुकाम मन्थलीस्थिति तामाकोशी सामुदायिक अस्पताल उपचार भइरहेको प्रवक्ता जोशीले जानकारी दिए । रामेछापका केही समययता सवारी दुर्घटना हुने क्रम बढेको छ । बुधवार मात्र मन्थली नगरपालिमा टिफर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालकको लापवाही र कमजोर सडकको अवस्थाको कारण सवारी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्