जुनार खेती र मकैको विऊको लागि २ करोड



२८ पुस, रामेछाप ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रामेछाप जिल्लाको लागि २ करोड रुपैयाँको कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लामा मकैको बिऊ र जुनार कार्यक्रमको लागि रामेछाप नगरपालिका, मन्थली नगरपालिका, तिल्पुङ, खिम्ती, गेलु, रामपुर, लखनपुर र फुलासी गाविसमा कार्यक्रम सञ्चालनको लागि १ करोड ९४ लाख ३२ हजार रुपैयाँ बजेट बिनियोजन भएको हो ।
यस आर्थिक वर्षमा साना व्यावसायि कृषि उत्पादन केन्द्र विकास कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि परियोजना अभिमुखिकरण, पकेट विकासका लागि चालुगत अनुदान, पकेट विकासका लागि पुँजीगत अनुदान कार्यक्रम, मेसिन औजार उपकरणको लागि जम्मा ६० लाख ४३ हजार बजेट प्राप्त भएको जिल्ला कृषि विकास कार्र्यालय रामेछापले बताएको छ ।जिल्ला कृषि विकास कार्यालय रामेछापका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्लले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत रामेछापका किसानको जीवनस्तरमा परिवर्तन आउने बताए ।

प्रतिक्रिया दिनुहोस्