रामेछापका शेखर प्रसाद पौडेल पाटन उच्च अदालतको न्यायाधीशमा सिफारिस



१ माघ, काठमाडौं ।
न्यायपरिषदले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्ति र पदस्थापन गरेको छ । बिहीबार राति नेपालको संविधानको धारा १४० ९१० अनुसार नियुक्ति तथा पदस्थापन गरिएको परिषदले जानकारी दिएको छ । परिषदले विशिष्ठ श्रेणीबाट न्यायाधीश भएका पाँचमध्ये चार जनालाई उच्च अदालत पाटनमा पदास्थपन गरेको छ । त्यस्तै परिषदले जिल्लाका न्यायाधीश तथा वरिष्ठ वकिलमार्फत जम्मा ८० जनाको पदस्थापन गरेको हो ।
न्याय रिषदले सिफारिस गरेकामध्येवाट जिल्ला न्यायाधीशवाट बढुवा भएर रामेछाप जिल्ला दुरागाउँ गाविस– ८ का शेखर प्रसाद पौडेललाई उच्च अदालत पाटनमा पदस्थापन गरेको हो । उनी नेपालका सवै जिल्ला न्यायाधीश मध्येवाट उत्कृष्ट भई रोलक्रम अनुसार सातौ नम्वरमा उच्च अदालतमा पदस्थापन भएका हुन् ।

विभिन्न जिल्लामा जिल्ला त्यायाधीशमा धेरै बर्षको अनुभव भएका उनी यसअधि कास्की जिल्लाका जिल्ला अदालतका न्यायाधीश रहेका थिए । काठमाडौं जिल्लाका जिल्ला न्यायाधीश भइसकेका उनी सुर्खेत तथा अन्य धेरै जिल्लामा न्यायाधिशको रुपमा काम गरिसकेका छन् । गहन अध्ययन, बस्तुपरक विश्लेशण तथा न्यायालयको भावना अनुसार कसैलाई पनि विभेद नगरी फैसला गर्ने स्वभाव र शैलीका कारण पौडेल यसअघि पनि निकै चर्चामा थिए ।

लाखौ जनताको पैसा ठग गर्ने घरजग्गा दलाली तथा ओरियन्टल को–अपरेटिभका संचालक सुधिर बस्नेतलाई विगोसहित सवै रकम फरफारक गर्नुपर्छ भनेर जिल्ला अदालतले पहिलोपटक फैसला गर्दा उनी फस्ट वेच्चका न्यायाधीश थिए र उनकै नेतृत्वमा सो फैसला भएको थियो । उनको अथक मिहिनेत र प्रयासका वावजुत उनले धेरै राम्रा फैसलाहरु गरेको नजिर अहिलेसम्म रहेको छ ।

उनलाई अब भविष्यमा नेपालको प्रधानन्यायाधीश वन्नका लागि बाटो समेत खुलेको छ । यसअघि प्रधानन्यायाधीश बन्नका लागि १५ बर्ष जिल्ला तथा पुनरावेदन अदालतको अनुभव चाहिन्थ्यो । तर अहिले मुलुक संघिय ढाँचामा गएका कारण उनी चाँडै नै उच्च अदालतमा बढुवा भएका हुन् । उनको यहि स्पिरिट रहिरह्यो भने रामेछाप जिल्लाले देशकै प्राधानन्यायाधीश पाउने निश्चित रहेको छ।

प्रतिक्रिया दिनुहोस्