रामेछाप जिल्लामा अहिलेसम्मकै ठूलो धनराशीको भलिबल प्रतियोगिता



१ माघ , रामेछाप ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराको साथ रामेछाप जिल्लामा अहिलेसम्मकै ठूलो धनराशीको राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । रामेछाप जिल्ला खेलकुद बिकास समितिले दोस्रो राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगीताको आयोजना गर्न गरेको हो ।
यहीं माघ ४ गतेदेखि ७ गतेसम्म हुन लागेको प्रतियोगितामा बिभागीय टिम र राष्ट्रिय खेलाडी बाहेक देशभरका पुरुष खेलाडीहरुले सहभागीता जनाउने खेलकुद विकास समिति रामेछापले बताएको छ । समितिका अनुसार रामेछापको सदरमुकाम मन्थलीस्थित जिल्ला विकास समितिको प्राङगनमा हुने प्रतियोगितामा बिजयी हासिल गर्ने टिमलाई १ लाख ५० हजार, द्धितिय हुने टिमलाई ७५ हजार, तितृय हुने टिमलाई ५० हजार पुरस्कार रहेको छ । त्यसैग्री सान्वना हुने टिमलाई ३० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर उत्कृष्ट ब्लकर, उत्कृण्ट सटर, उत्कृष्ट स्पाईकर र उत्कृष्ट सर्वरलाई ५ हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । क्वार्टर फाईनल र सेमी फाईनलमा पुग्ने प्रत्यक टिमले ५ हजारको दरले भक्ता समेत पाउने जिल्ला खेलकुद विकास समितिले आयोजकले जनाएको छ । रामेछापमा पछिल्ला केही बर्षदेखि भलिवल, फुटबल लगायतका प्रतिगोगिताहरु सञ्चालित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्