रामेछापको विकासका लागि युवा जुटनु पर्छःसांसद श्रेष्ठ



१ माघ, भक्तपुर ।
रामेछाप क्षेत्र नम्बर २ का सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्यामुकमार श्रेष्ठ ‘कुशल’ले विकास निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । उनले समाजको रुपान्तरण एंव विकास निर्माणमा युवाहरुको खाँचो रहेको बताउदै जिल्लाको विकासमा पनि युवाहरु जुटनु पर्ने बताएका हुन् ।
झल्वाडी म्हारमेन युवा क्लवले शनिवार भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले भने,‘रामेछाप जिल्लाको विकास निर्माणमा म प्रतिबद्ध भएर लागेको छु, जिल्लाको विकासमा सबैको साथ सहयोग र प्रतिबद्धताको खाँचो छ ।’ जिल्लाको विकासको लागि युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै उनले आगामी दिनमा पनि समृद्ध रामेछाप निर्माणमा जुटनु पर्नेमा जोड दिए । कर्याक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं रामेछापका इन्चार्ज धावा लामा, पूर्व सभासद एवं माओवादी केन्द्रका नेता डिल्लीमान तामाङ लगायतले सम्बोधन गरेका थिए ।
भल्वाडी म्यारमेन युवा क्लवको भेलाले साजन लामाको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । उपाध्यक्षमा भिसन दोङ, शेरबहादुर दोङ, सचिव, विजय दोङ, कोषाध्यक्षमा नरध्वज थिङ, सदस्यहरुमा राजकुमार तामाङ, सुरेन्द्र तामाङ लगायतका रहेका छन् । क्लवले भल्वाडीमा सहिद स्मारक निर्माण, सामुदायिक भवन निर्माण र सडक निमार्णसँगै स्तरउन्नती गर्नको लागि सांसद श्रेष्ठसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्