स्वर्ण पदक विजेता भावना सुनुवार सम्मानित



१ माघ, काठमाडौं ।
विराटनगरमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतिगोगितमा स्क्वास खेलतर्फ स्वर्ण पदक जित्न सफल भावना सुनुवार सम्मानित भएकी छिन् । राजधानीमा शनिवार सुनुवार समाजले स्वर्ण पदक विजेता सुनुवारलाई सम्मान गरेको हो । खेलकुद क्षेत्रमा योग्दान गरे बापत समाजले वेदबहादुर सुनुवार, मोहन सुनुवार, कृष्ण सुनुवारलाई पनि सम्मान गरेको छ ।भावना सुनुवारले यसको राष्ट्रिय खेलकुद प्रतिगोगितमा पनि स्वर्ण पदक जित्न सफल भएकी थिइन ।

सन् २००६ मा कोलम्बोमा सम्पन्न १० औ दक्षिण एसियाली खेल (साग) खेलकुद प्रतिगोगितमा कास्य र सन् २०१२ मा भारतको गुहाटीमा भएको १२ औं सागमा पनि पनि उनले स्क्वास खेलमा कास्य पदक जित्न सफल भएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्