उद्योग क्षेत्रको अवलोकन गर्न सांसद श्रेष्ठ थाइल्याण्ड प्रस्थान



२ माघ, काठमाडौं ।
व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भिष्मराज आङददेम्बे, सदस्यद्धय सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’, दिपक कार्की सहितको टोली उद्योग क्षेत्रको अध्ययन र अवलोकनको लागि बैंकक प्रस्थान गरेको छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन भइरहेका उद्योग क्षेत्रको अवस्था र नेपालमा सञ्चालित उद्योगलाई व्यवस्थापन गर्नको लागि अध्ययन गर्न तीन देशको भ्रमणमा जान लागेको सांसद श्रेष्ठले बताए । उनका अनुसार समितिको टोलीले बैंककको थाइल्याण्ड, सिंगापुर र मेलेलियाको भ्रमण गर्नेछ ।

भ्रमणको क्रममा ती देशहरुम सञ्चालित उद्योग क्षेत्रको अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सचिव सुदर्शन खड्का, उद्योग मन्त्रालयका सचिव शकंरप्रसाद कोइराला लगायतका रहेका छन् । टोली आगामी माघ १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्