भुकम्प प्रतिरोधी घर निर्माण गरौंःप्रजिअ अधिकारी



२ माघ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले विनाशकारी भुकम्पबाट पाठ सिक्दै अब निर्माण हुने घर भुकम्पप्रतिरोधी बनाउनु पर्ने बताएका छन् । भुकम्पपछि अहिले रामेछाप जिल्लामा घर निर्माणको काम भइरहेकाले सरकारले अगाडि सारेको मापदण्ड अनुसार घर निर्माण गर्नुपर्ने बताएका हुन् ।

मूलुक पुननिर्माणको महत्वपुर्ण चरण्मा रहेकाले घर निर्माा गर्दा मापडण्डलाई अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने प्रजिन अधिकारीले बताए । उनले भूकम्पले नभई आपूmले बनाएको भौतिक संरचनाले ज्यान लिने भएकाले घर बनाउदा सजग हुनुपर्नेमा जोड दिए ।सदरमुकाम मन्थलीमा आइतवार १९ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै प्रजि अधिकारीले बलियो घर नै सुरक्षित हुने बताए ।

कार्यक्रममा शहरी विकास तथा भवन डिभिजन कार्यालय रामेछापका ईन्जीनियर रमेश थिङले घर बनाउदा सरकारले अगाडि सारेको मापदण्ड अनुसार निर्माण गर्नुपर्नेमा जानकारी दिएका थिए । धेरै खर्च गरेर घर बनाइएको भएपनि स–साना कुराहरुमा ध्यान दिन नसक्दा निर्माण गरेको घर ढल्ने खतरा हुनेमा सचेत गराउदै भुकम्पबाट पाठ सिकेर बलियो घर बनाउनुपर्ने उनले बताए ।

भूकम्पीय सुरक्षाको बलियो आधार, भुईचालो थेक्ने घर र भौतिक पुर्वाधार भन्ने नाराका साथ जिल्लामा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । उक्त अवसरमा बिभिन्न सरकारी तथा गैरसरकारी संघ संसथाहरुको सहयोगमा भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समिति रामेछापले मन्थली बजारमा र्याली निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्