५० जना क्षमता भएको रामेछाप कारागारमा २ सय ३१ बन्दी



४ माघ, रामेछाप ।
जिल्ला कारागार रामेछापमा क्षमता भन्दा बढी कैदी राख्दा अस्तव्यस्त भएको छ । ५० जना क्षमता भएको कारागारमा हाल २ सय ३१ जना कैदी रहेका छन् । जेलमा क्षमता भन्दा चौब्बर कैदी राखिएको छ ।

अझै पनि कैदी राख्नु पर्ने बाँध्यता रहेको रामेछाप कारागारले बताएको छ । २०३१ सालमा स्थानपना भएको जेलको अहिलेसम्म स्तरउन्नती गरिएको छैन् । पचास जना क्षमताको जेलमा कोचाकोच गरेर कैदी बन्दी राखिएको छ ।

कैदी बन्दीलाई सहज रुपमा बस्न पाउने व्यवस्थापन गर्नको लागि पटक–पटक विभिन्न मानवअधिकारवादीहरुले आग्रह गर्दा पनि स्थान नभएको कारण कारागार प्रशासनले कार्यान्वयन हुन सकेको छैन् ।

रामेछाप कागारागका जेलर (शाखा अधिकृत) चिरञ्जिवी थापाले रामेछाप न्युजसँग भने,‘क्षमता भन्दा बढी कैदी राख्नु हाम्रो बाँध्यता हो, रामेछापमा मात्र नभई अन्य कारागारमा पनि यस्तै अवस्था छ ।’ डेढ बर्ष अघि गएको भुकम्पको कारण रामेछाप कारागारको पर्खाल भत्किए पनि अहिलेसम्म मर्मत हुन सकेको छैन् ।

भुकम्पकको कारण पर्खाल मात्र होइन भनव पनि चर्किएको बताउदै जेलेर थापाले पर्खाल मर्मतको लागि प्रक्रिया अगाडि बढेपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्