रामेछापको मझुवामा विशाल खडकाको हत्या गर्ने दुई पक्राउ



४ माघ, रामेछाप ।

रामेछाप जिल्लाको मझुवा–१ निगालपानीमा टाटासुमोभित्र नै आगो लगाएर हत्या गरिएका झापा लखनपुर गाविस–१ का विशाल खडकाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर १० गते रामेछाप मझुवामा मे. १ ज.२१८७ नम्वरको टाटा सुमो गाडी भित्र खडकालाई आगो लगाई हत्या गर्ने हत्यारा तथा योजनाकारहरु मध्येका दुई जना व्यक्तिहरु पक्राउ परेका हो ।

पक्राउ पर्नेमा तेह्रथुम जिल्ला पौठाक गाविस– ४ डाडाँगाउँ वस्ने वर्ष २६ को मन कुमार लिम्बु र रसुवा जिल्ला सरनथली गाविस– ३ बस्ने वर्ष १८ की विन्दु तामाङ्ग रहेका छन् ।रामेछाप जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले खोजतलास गदै जाने क्रममा झापा जिल्लाको दमक नगरपालिका–१० स्थितडेरा गरी वसी रहेको अवस्थामा माघ २ गत प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी कुमुद ढुङगेलले बताए ।
पक्राउ परेका व्यक्तिहरुका अनुसार चालक खड्काले चलाभउनेसुमो रिजर्भ गरि काठमाडौबाट रसुवा तर्फ लागेको मंसिर ८ गते विहान रसुवाबाट धादिङ्ग, हेटौडा हुदै बदिवासको बाटो भएर मंसिर ९ गते विहान सिन्धुलीको चैनपुर खाल्टेस्थित होटल सेन्तेरेङ्गमा आएर चियानास्ता खाएर रामेछापको सित्खा वजार हुदै मझुवा –१ निगालपानीमा विहान ६ बजेको समयमा सुमो चालक विशाल खड्कालाई सोही स्थानमा तीन राउण्ड गोली प्रहार पश्चात उल्लेखित सुमोको पछाडी सिटमा राखी आगो समेत लगाई हत्या गरि फरार भएको प्रारम्भिव बयानमा खुलेको छ । डिएसपी ढुङगेलेका अनुसार घटनामा संलग्न संलग्न एक जना फरार रहेका छन् । उनको पनि खाजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्