ह्वाइट हाउस छाडेर यस्तो घरमा बस्नेछन् ओबामा



माघ ५ न्युयोर्क ।

अमेरिकी राष्ट्रपति २० जनवरी देखि पदमुक्त हुँदैछन् । यसअघि नै उनले ह्वाइटहाउसबाट आफ्नो सामान सार्न शुरु गरेका छन् ।बासिङटन डिसीको कालोरामा रहेको उनको नयाँ घरमा सामानहरु सारिरहेको गाडी देखिएको थियो ।कान्छी छोरी साशाको हाइस्कूल नसकेसम्म ओबामा र उनको परिवार त्यहीँ ८२ सय स्केवर फिट आकार भएको घरमा बस्नेछन् ।

यस्तो छ नयाँ घर

 आबामाले यो घर जोय लकहार्टसँग लिजमा लिएका हुन् । जोय पूर्व राष्ट्रपति बिल क्लिन्टनको प्रेस सेक्रेटरी रहिसकेका छन् । सन् १९२८ मा बनेको यो घरको मूल्य ५० करोड रहेको बताइएको छ । यसमा ९ वटा बेडरुम, ८ वटा बाथरुम र गार्डन रहेका छन् ।
घरमा मार्बल फ्लोरिङ, पेन्ट्री, काठको फ्लोरिङ भएको डाइनिङ रुम वाइनबार र ओबामाका लागि अफिस पनि रहेको छ । घरमा व्यवायामका लागि कोठासहित दुई वटा पार्किङ स्पेस पनि रहेको छ । यो घरको सबैभन्दा विशेष कुरा भनेको यसको स्थान । यो डिसीबाट केही मिनेटको दुरीमा रहेको छ । ट्रम्पले सपथ लिने बित्तिकै ओबामा तरुन्त आफ्नो घरका लागि निक्लने छन् । यद्यपि, उनलाई सेक्रेट सर्विसबाट सुरक्षा दिइनेछ ।

 ह्वाइट हाउस छाडे पछि पत्नी र परिवारको साथ पहिलो छुट्टी मनाउन क्यालिफोर्नियाको पास स्प्रिङमा जाने उनले यसअघि बताएका थिए ।ओबामाले आफ्नो छोरी साशाको कारणले डिसीमा नै बस्ने निर्णय गरेका हुन् ।साशा अझै हाइस्कूलमा अध्ययन गरिरहेकी छिन् । उनी सिडवेल फ्रेनडस स्कूलकी विद्यार्थी हुन् । ओबामा आफ्नो छोरीको पढाई बिगार्न चाहन्नन् ।

प्रतिक्रिया दिनुहोस्