स्वास्थ्य शिविरमा तीन हजार जनाको स्वास्थ्य परीक्षण



६ माघ, रामेछाप ।
ग्रामिण क्षेत्रका बासिन्दालाई निःशुल्क रुपमा स्वास्थ्य सेवा दिने उदेश्यले रामेछाप जिल्लाको पकरवार गाविसमा सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा तीन हजार जना भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । आयोजनका अनुसार २ हजार महिला र एक हजार पुरुष रहेका छन् । शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने महिलाहरुमा पाठेघर पाठेघर खसेका २ सयभन्दा बढी महिलालाई मनोमोहन मेमोरियल अस्पतालले निशुल्क रिङ प्रेसर राखिदिएको छ ।
शिबिरमा ९ सय २० जनाले आँखा परिक्षण गरेकाका छन् । जसमा ५१ जनामा जटिल समस्या देखिएकोमा आँखा अस्पताल त्रिपुरेश्वरबाट आएका विशेषज्ञले निशुल्क आँखा अप्रेसन समेत गरेका गरिदिएका छन् । श्री पर्यटन व्यवसायिक सहकारी संस्था लिमिटेड, सोलीथुम्का श्रीदेवस्थान युवा क्लव र पकरवास–माकादुरम तामाङ एकता समाजले संयुक्त रुपमा आयोजना गरेको शिविरमा हाडजोर्नी, नाक, कान, घाटी लगायतका बिरामीले पनि स्वास्थ्य परिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्