सरकारी कार्यालयको कामलाई प्रभावकारी बनाउन प्रजिअ अधिकारीको निर्देशन



७ माघ, रामेछाप ।
जिल्लामा रहेका सरकारी कार्यालयबाट पाउने सेवा सुविधा प्रभावकारी नभएको भन्दै सेवाग्राहको गुनासो बढेपछि रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुलाई नागरिकलाई सेवा सुविधा सहज र प्रभावकारी रुपमा प्रदान गर्न निर्देशन दिएका हुन् । प्रजिअ अधिकारीले हरेक कार्यालयमा प्रमुखले सेवाग्रहीहरुका गुनासा र समस्याहरुलाई सुनेर उचित ब्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

प्रजिअ अधिकारीका अध्यक्षमा बसेको सबै सरकारी कार्यालयहरुलाई सेवाग्राहीमैत्री बनाउने निर्णय गरेको छ । बैठकले जिल्लामा संचालित संचार माध्ययमसंग समन्वय गरी आवश्यक सूचना सम्प्रेषण गर्ने, उजुरी पेटिका, गुनासो ब्यवस्थापन, नागरिक वडापत्र, प्रतिक्षालय लगायतको थप ब्यवस्थापन गरी प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

बैठकले कार्यालय प्रमुख लगायत सबै कर्मचारीहरुको हाजिरी प्रत्यक महिनाको ३ गतेभित्र जिल्ला प्रशासनमा पठाउने, सूचनाको हक सम्बन्धी ऐनको दफा ५ र ऐन नियमावली ३ बमोजिम प्रत्यक कार्यालयले सम्पादन गरेका कामको बिबरण तीन तीन महिनामा सार्वजनिक गरी १५ दिनभित्र आआफ्नो वेबसाईटमा राख्ने लगायतको निर्णय गरेको छ । रामेछापमा जिल्लामा कर्मचारीहरुको छोटो समयमा सरुवा हुने गरेको कारणले पनि सेवाग्राहीले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्