नेपाली चेली तेरियाले जितिन् टेलिभिजन शो ‘झलक दिखलाजा’ को अवार्ड



७ माघ, काठमाडौं ।

 नेपाली चेली तेरिया मगरले भारतको टेलिभिनज ‘झलक दिखला जा’ को उपाधि जितेकी छिन् । तेरियाले यस अघि जी टेलिभिजनबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधि जितेकी थिइन । तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स टेलिभिजनले प्रशारण गर्नेछ । सन् २०१४ मा भएको ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को विजेता बनेपछि सिंगो नेपाल गौरवान्वित बन्यो ।

 कडा प्रतिस्पर्धाबीच ‘झलक दिखलाजा’को यस सिजनको उपाधि जित्न समेत सफल भएकी छिन् । तेरियाले उपाधिसँगै तीस लाख भारु र रेनाल्ड डस्टर ब्रान्डको कार पाएकी छिन् । डीआईडी सिजन ३ को विजेता बन्नुअघि उनले वेलफेयर क्याराभान नामको संस्थाले आयोजना गरेको कार्यकममा एक लाख रुपैयाँ जितेकी थिइन् ।

 त्यसपछिमात्रै उनी डीआईडीका लागि भारत गएकी हुन् ।डीआईडीमा जानुभन्दा पहिला कोरियोग्राफर सार्थक मिश्रले उनलाई हिन्दी गीतमा नाचेको भिडियो क्लिप पठाउन भनेका थिए । डीआईडीको विजेता बनिसकेकी तेरिया आमा र दिदीको साथ हाल मुम्बईमा बस्दै आएकी छन् ।

तेरियाका बुवा भने कतारमा काम गर्छन् । १४ वर्षीया उनी पन्ध्रभन्दा धेरै मुलुक पुगिसकेकी छन् । तीन वर्षका लागि डीआईडीले अनुबन्धित गरेका कारण उनीहरूको अनुमतिबिना हिँड्न मिल्दैन । उनी यति बेला भारतमा अध्ययन गर्दैछिन् ।उनलाई कुनै पनि मुलुकमा हुने कार्यक्रममा जाँदा सम्पूर्ण खर्च डीआईडीले दिँदै आए पनि कार्यक्रममा पाएको रकम आधा डीआईडीले लिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्