जिल्लाकै ठूलो राशीको भलिबल प्रतिगोगिता प्याराडाईज युवा क्लबले जित्यो



७ माघ, रामेछाप ।

दास्रो रामेछाप खुला पुरुष भलिवल प्रतियोगिताको उपाधी प्याराडाईज युव क्लब खिम्तीले जितेको छ । फाइनल खेलमा हिमगंगा गाविसलाई हराउदै प्याराडाईज क्लबले १ लाख ५० हजार राशीको उपाधी जितेको हो ।

रामेछापको सदरमुकाम मन्थलीमा भएको दोस्रो रामेछाप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितमा ७५ हजार नगद सहित  सैपु गाविस दोस्रो र नमूना दीप युवा क्लव सैपु तस्रो भएको छ । प्रतियोगितामा तेस्रो हुनेले ५० हजार नगद जितेको छ । खेलमा लोकतान्त्रिक खेलकुद संघ रामेछाप सान्त्वना हुदै ३० हजार जित्न सफल भएको छ ।
प्रतियोगितामा बिजेता टिमहरुलाई रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र जिल्ला खेलकुद विकास समित रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले पुरस्कार सहित शिल्ड,मेडल र प्रमाणपत्र बितरण गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका नेताहरु,स्थानीय विकास अधिकारी दिनेशराज पन्त, जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी कुमुद ढुङ्गेल लगायतको सहभागीता रहेको थियो ।

माघ ४ गतेबाट सुरु भएको भलिबल खेलकुद प्रतियोगितमा १२ टिम सहभागी भएको खेलकुल विकास समिति रामेछापका अध्यक्ष कडेरियाले बताए । उनले आगामी दिनमा खेलकुद क्षेत्रको  विकासको लागि समितिले सक्रियतापूर्वक कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्