रामेछाप लाप्चानेको ईलाका प्रशासन कार्यालय कहिले खुल्छ सरकार ?



८ माघ,रामेछाप ।
रामेछापको उत्तरपूर्वी क्षेत्रमा रहेको ८ गाविसका नागरिकलाई सेवा पुर्याउन उदेश्यले सञ्चालनमा ल्याइएको प्रिति गाविसस्थित लाप्चाने ईलाका प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा बन्द भएको छ । ईलाका प्रशासन कार्यालयमा अधिकृतस्तरकोा कर्मचारीको नहुँदा सेवा बन्द भएको हो । आठ गाविसका बासिन्दा अहिले घण्टौ धाएर सेवा लिन सदरमुकाम मन्थली जानु पर्ने बाँध्यता रहेको छ ।

फाइल तस्बीर ।

सेवा कार्यालयमा सरकारले अधिकृतस्तरको कर्मचारी पठाउन नसक्दा ईकाला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा सबै बन्द भएको छ । गत साउनदेखि सञ्चालनमा आएको प्रशासन कार्यालय कर्मचारीको अभावमा बन्दभएपछि नागरिकहरुले पुनः सास्ती खेप्नु परेको छ । प्रिति गाविसका कुमार कार्कीले सरकारले सेवा दिने नाममा दुई दिनको झारो मात्र टारेको बताए । उनले रामेछाप न्युजसँग भने,‘घरदैलोमा नै सेवा आयो भनेर खुसी भएको थियौ, एक महिनादेखि कार्यालय बन्द छ, सदरमुकाम धाउन बाँध्य भएको छौ, सेवा कार्यालय कागलाई बेल पाक्यो हर्ष न विस्मतजस्तै भएको छ ।’
खड्कालाई सदरमुकाम फकिएपछि…
ईलाका प्रशासन कार्यालय लाप्चानेमा सेवा दिनको लागि जिप्रका रामेछापले नायक सुब्बा मकरध्वज खड्कालाई कायमुकायम अधिकृत तोकेर पठाएको थियो । सरकारी नियम अनुसार कायम मुकायम तोकिएको कर्मचारीले ६ महिनाभन्दा बढी कामु भएर काम गर्न नपाउने कानुनी वाध्यताका कारण खड्का अहिले जिप्रका रामेछापमै फर्किएका छन् । खडकाको स्थानमा कर्मचारी पठाउन नसक्दा सेवा नै प्रभावित भएको छ ।

गृह मन्त्रालयले कहिले पठाउला शाखा अधिकृत
ईलाका प्रशासन कार्यालय लाप्चानेमा शाखा अधिकृतको दरवबन्दी छ । रामेछापका प्रमुख जिल्ला अधिकारी प्रशाशचन्द्र अधिकारीले ईलाका प्रशासन कार्यालयको लागि आवश्यक कर्मचारी पठाउने गृह मन्त्रालयमा पत्रचार पनि कर्मचारी पठाएको छैन् । ईलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, नाता प्रमाणित लगायतका कागजातहरु जारी गर्नेगर्छ । कार्यालयबाट शाखा अधिकृतभन्दा तलको कर्मचारीले नागरिकता जारी गर्न नमिल्ने भएपछि कार्यालयका अन्य कर्मचारी समेत जिल्ला प्रशासन कार्यालय मन्थलीमा नै हाजिर भएर काम गरिरहेका छन् ।
कार्यालय सहयोगीको भर
शाखा अधिकृत नहुँदा एक महिनादेखि बन्द भएको ईलाका प्रशासन कार्यालयमा अहिले दुई कार्यालय सहयोगी छन् । उनीहरुले खोल्ने र बन्द गर्ने काम गर्दै आएका छन् । सेवाग्राही सेवा लिन आएपनि कर्मचारी नभएको कारण रित्तो हात फर्कने गरेका छन् । दुई सहयोगी पालैपालो कार्यालय समयमा कार्यालय खेल्ने र बन्दै गर्दै आएका छन् । सेवाग्राहीलाई अधिकृत नभएको समस्या सुनाउदै कार्यालय सहयोगीले फर्काउने गरेका छन् ।

प्रमुख विहीन लाप्चाने प्रशासन कार्यालय
जिल्लाको दुर्गम क्षेत्रका गाविसलाई सेवा पुर्याउने उदेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापले प्रिती लाप्चानेमा ईलाका प्रशासन कायालयको सेवा सुरु गर्दा यस क्षेत्रका बासिन्दा निकै खुसी थिए । तर छ महिना नवित्दै ईलाका प्रशासन कार्यालय प्रमुख विहीन भएको छ । नागरिकता, पासपोर्टको लागि सिफारिस नाता प्रमाणित लगायतको सुविधा आठ गाविसका नागरिकले यहीबाट प्राप्त गर्ने गरेका थिए । कार्यालय सञ्चालनमा आए लगत्तै घण्टौ सदरमुकाम मन्थली धाउने झण्झट हटेपनि अहिले पुनः दोहोरिएकोप्रति यहाँका बासिन्दा दुःखी छन् ।

यि हुन सेवा लिने आठ गाविस
ईलाका प्रशासन कार्यालय लाप्चानेबाट जिल्लाका उत्तरपूर्वी आठ गाविसका बासिन्दाले सेवा लिदै आएका थिए । ईलाका प्रशासन कार्यालय सञ्चालनसँगै प्रीति, भूजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुबुकास्थली, ठोसे र बाम्तीभण्डार गाविसका नागरिकले सेवा लिन सहज भएको थियो ।

लाप्चानेबाटै सेवा दिने योजनामा छौःमिश्र
रामेछाप जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले जनतासँग प्रत्येक्ष रुपमा सेवा दिने निकायलाई प्रभावकारी बताउने बताए । उनले रामेछाप न्युजसँग भने,‘कर्मचारी नहुँदा सेवा प्रभावित भएको छ, हामी ईकाला प्रशासन कार्यालय लाप्चानेबाटै सेवा दिने तयारीमा छौं ।’ जिप्रका रामेछापले पन्ध्र दिन अघि नै गृहमन्त्राललाई पत्रचार गर्दा पनि कर्मचारी आउन सकेका उनले बताए । मिश्रका अनुसार ईलाका प्रशासन कार्यालयमा एक जना अधिकृतस्तरको दरवन्दी छ । त्यसैगरी दुई जना नायक सुब्बा, एक सहायक कम्प्युटर प्राविधिक र दुई जना कार्यालय सहयोगीको दरबन्दी छ । लाप्चाने लगायतको गाविसबाट सदरमुकाम मन्थली आउनको लागि चार घण्टा गाडीको यात्रा गर्नुपर्छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी सीताराम थापा काभ्रेको घर्तीछापमा काजमा सुरुवा भएपछि थप समस्या सृजना भएको छ । ‘लाप्चानेको इलाका प्रशासन कार्यालय बन्द हुँदा स्थानीयलाई सेवा लिन गाह्रो भएको छ’, सहायक प्रजिअ मिश्रले भने,‘दिनहुँ सेवा दिन नसकेपछि हप्ताको एक दिन प्रशासन कार्यलयमा पुगेर सेवा दिने योजनामा छौं ।’

प्रतिक्रिया दिनुहोस्