यसरी सुक्यो रामेछापको मन्थली विमानस्थल



१० माघ,रामेछाप।

राजधानी काठमाडौंबाट छोटो दुरीको सडक सञ्जालले छोएपछि रामेछाप जिल्लाको सदरमुकाम मन्थली विमानस्थलमा दुई बर्षदेखि नियमित उडान हुन सकेको छैन् । नेपाल एयरलाइन्सले पञ्चायतकालदेखि सुरु गरेको सेड्युल फ्लाइट सन् २००९ मा आएर टुङगिएको थियो । त्यसपछि तारा एयरले पाँच वर्ष एयरपोर्ट चलाएपछि सन् २०१४ मा सेड्युल फ्लाइट बन्द भएको थियो ।

बिमानस्थल पिच भयो, उडान भएन
तारा एयरले पनि यात्रुको अभावमा सेड्युल्ड उडान बन्द गरेपछि अहिले मन्थली विमानस्थल विमानस्थल सोलुखुम्वु जिल्लाका लागि कार्गो ओसार्नका लागि मात्र प्रयोग भइरहेको छ । अहिले सोलुखुम्वुका लागि दिनको चारदेखि ६ वटा कार्गो फ्लाइट भइरहेको मन्थली विमानस्थलका प्रमुख केदार सत्यालले रामेछाप न्युजलाई बताए ।

तीन करोड २० लाखको बहुवर्षिय टेण्डरमा कालोपत्रे सम्पन्न भएको विमानस्थल सन् २०१५ मा सम्पन्न भएको थियो । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिमरापछिको दोस्रो नजिक मन्थली विमानस्थल ५ सय ३० मिटरको धावनमार्ग रहेको छ । विमानस्थलमा १६ मिटरका दुई टर्निङ प्याड र १ सय ५० मिटरको पार्किङस्थल रहेको छ । तामाकोसी नदी किनारको रहेको विमानस्थलमा दुवै दिशाबाट अवतरण र उडान गर्न मिल्ने खालको छ । रामेछाप न्युज । राजधानीमा मौसम बिग्रदा र ट्राफिक जाम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानास्थलले टर्निङ आदेश दिएर पूर्वी पहाडबाट आउने विमानलाई मन्थलीमा अवतरण गराउँदै आएको विमानस्थल प्रमुख सत्यालले बताउछन् ।

यसरी सुक्यो मन्थली विमानस्थल
विपी राजमागस्थित सिन्धुली र रामेछापको सीमाना खुर्कोटमा २०७१ सालमा पक्क पुल सञ्चालनमा आएपछि विमानस्थलको फ्लाइट कम हुँदै गएको थियो । त्यसपछि सो वाटो भएर काठमाडौं मन्थली ठूला तथा साना टाटासुमो गाडी चलेपछि तारा एयरले मन्थलीमा सेड्युल उडान बन्द गरेको थियो ।

मन्थलीवाट काठमाडौंका लागि साँढे तीन घण्टामा पाँच सय रुपैयाँ भाडामा जान सकिने भएपछि यात्रुले प्लेनमा तीन हजार तिरेर काठमाडौं आउन छोडेका हुन् । सुविधा र समयका हिसाबले पनि स्थलमार्गवाट नै सस्तो भएपछि अहिले मन्थली विमानस्थल दिनमा ६ वटासम्म फ्लाइट गरेर वस्न बाँध्य भएको छ । पञ्चायतकालमा राजा वीरेन्द्रलाई रामेछाप जिल्ला घुमाउन लगिएको बेला तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीले बारीवाट उखलेर ल्याएको जुनार र केराको बोट राखेर स्वागत गरेका थिए । रामेछाप न्युज । सोही समयदेखि चर्चित बनेको मन्थली विमानस्थलले अहिले यात्रु नपाएर उडान नै बन्द गर्नुपरेको छ ।

हाल कार्गो उडानमा सीमित
माओवादीले सुरु गरेको जनयुद्धदेखि २०६५ सालसम्म काठमाडौं जाने र आउने टिकेटका लागि ठूलै सोर्सफोर्स लगाउनु पर्ने मन्थली विमानस्थल अहिले सीमित कार्गोको उडान भरेर बसिरहेको छ । मन्थलीवाट अहिले सोलुखुम्वुको लुक्लाका लागि खाद्यान्न, लत्ताकपडा र निर्माणका सामाग्री बोक्ने टुइनअटर र ड्रोनियर विमानहरुमात्र चल्ने गरेका छन् । रामेछाप न्युज । कार्गो विमानको पार्किङको भाडा वापत विमानस्थलले महिनाको १५ देखि २० हजार आम्दानी गर्दै आएको छ । विमानस्थलमा अहिले दुईजना एटिसीका कर्मचारी र दुईजना कार्यलय सहयोगी गरी चार जना मात्र कर्मचारी रहेका छन् । घाटामा रहेको उक्त विमानस्थलमा नेपाल आयल निगमले जहाजमा रिफ्युलिङका लागि पम्मको व्यवस्था गरिदिएपछि भने पूर्ववाट आउने जहाजका लागि हवाई इन्धन सकिएका वेला रिफ्युलिङ गर्ने सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्