मिस कलेज आइकनमा रामेछापकी सुजना पाण्डे



१० माघ, काठमाडौं ।
रामेछाप जिल्ला बेथान गाविसमा जन्मिएर कलाकारिता मार्फत मिस कलेज आइकन प्रतियोगितामा भाग लिएकी सुजना पाण्डेले भोट गर्न सबैलाई आग्रह गरेकी छिन् । एएनपी मिडिया हाउसले आगामी माघ १६ गते आइतबार राजधानीमा एकसाथ आयोजना गर्न लागेको मिस कलेज आइकन प्रतिगोगिता हुँदैछ ।

हाउसले एकसाथ एकै मञ्चमा आयोजना गर्न लागेको मिस कलेज आइकन तथा लिटिल आइकन नेपाल २०१७ को ट्यालेन्ट शो पनि शनिबार सम्पन्न गरिसकेको छ । ट्यालेन्ट शोमा दुवै प्रतियोगिताका प्रतिस्पर्धीले नृत्य, गायन, वक्तृत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेका थिए। दुवै प्रतियोगिताको मिस तथा मास्टर ट्यालेन्ट उपाधिका लागि ट्यालेन्ट शो आयोजना गरिएको र यो उपउपाधिको विजेताको नाम अन्तिम स्पर्धाका ।

दिन आगामी माघ १६ गते घोषणा गरिने मिस कलेज आइकनमा भोट दिन पाण्डेले आग्रह गरेकी छिन् । दुवै प्रतियोगिताका प्रतिस्पर्धीहरूलाई प्रतिभाको विकास, व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति र मोडलिङको ज्ञानसम्बन्धी तालिम र प्रशिक्षण प्रदान गरिएको आयोजनले बताएको छ । मिस कलेज आइकनमा राजधानीका विभिन्न कलेजमा अध्ययनरत १५ कलेज सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्