बिजुली चोरलाई सरकारले छोडदैनः उर्जामन्त्री शर्मा



१० माघ, काठमाडौं ।
उजामन्त्री जनार्दन शर्माले बर्षौदेखि राज्यलाई अरबौं रुपैयाँ घाटा पुर्याउने चोरहरु समाप्ते काम सुरु भएको बताएका छन् । नेपाली जनतालाई अन्धारमा राख्ने विचौलीहरुको कर्तुत सरकारले पत्ता लगाएको बताउदै जनतामारा बिजुली चोरहरुलाई नछोडने बताएका हुन् ।
सोमवार राजधानीमा आयोजित कार्यक्रममा उर्जामन्त्री शर्माले हाल विद्युत प्राधिकरणमा रहेका वा अवकाश प्राप्त केही कर्मचारी नै बिजुली चोर्नेकामा सक्रिय रहेको सबै पत्ता लगाइसकेकाले कुनै पनि हालतमा नछोडने बताए । उनले बिजुलीको मिटर बटारेर कमिशन असुल्ने प्राधिकरण भित्रका भ्रष्टहरुलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पार्न सकिने बताए ।

लोडसेडिङ हटाएपछि जनताले मलाई अब के गर्छस् भनेर ठाँउ ठाँउमा सोध्ने गरेका बताउदै शर्माले भने,‘अबबिद्युत चोरहरुलाई कार्वाहीको दायरामा ल्याउछु ।’ आइतवार मात्र नेपाल प्रहरीले बिद्युत चोरी गरेको अभियोगमा विद्युत प्राधिकरणका बहालवाल र पूर्व कर्मचारी १६ जनालाई सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्