हिलेदेवीमा निशुल्क स्वास्थ्य शिविर हुने



१० माघ, रामेछाप ।
जिल्लाको हिलदेवी गाविसमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ल्होछारको अवसरमा माघ १३ र १४ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । नेपाल रेडक्रस सोसाइटी हिलेवेवी शाखाले आयोजना गरेको े स्वास्थ्य शिविर स्वास्थ्य चौकी भवन हिलेदेवी गाविसमा सञ्चालन हुनेछ ।

निशुल्क स्वास्थ्य शिविरमा बाथ, युरिएसिड, कम्मर, हात खुट्टा झमझमाउने, डिप्रेसन, प्यारालाइसिस, ग्याष्ट्रिक, कब्जियत लगायतको रोगहरुको परीक्षण गरिने आयोजकले बताएको छ । त्यसैगरी शिविरमा निशुल्क रुपमा दाँतको पनि परीक्षण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्