लाप्चानेबाट हप्ताको एक दिन सेवा दिन्छौःप्रजिअ अधिकारी



११ माघ, रामेछाप ।
एक महिनादेखि सेवा बन्द भएको प्रितिको लाप्चाने इकाला प्रशासन कार्यालय हप्ताको एक दिन खुल्ने भएको छ । जिल्लाको विकट आठ गाविसका बासिन्दालाई मध्यनगर गर्दे झण्डै छ महिना अघिबाट सञ्चालनमा आएको प्रशासन कार्यालय कार्यालय प्रमुख नहुदा सेवा बन्द भएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले कर्मचारीको अभाव भएपनि हप्ताको एक दिन लाप्चाने इकाला प्रशासन कार्यालयबाट नै सेवा दिने बताए । उनले रामेछाप न्युजसँग भने,‘गृह मन्त्रालमा कर्मचारीको लागि पत्राचार गरिसकेका छौ, कर्मचारी नआउदासम्म हप्ताको एक दिन लाप्चानेबाटै सेवा दिन्छौ ।’

लाप्चानेको कार्यालय बन्द हुँदा अहिले सदरमुकाम मन्थलीबाटै सेवा दिएको प्रजिअ अधिकारीले बताए । लाप्चानेमा काजमा खटाइएका प्रमुखको काज अवधि सकिएर पुनः सदरमुकाम मन्थली आएपछि लाप्चानेबाट दिदै आएको सेवा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्