डिएसपी कुमुद ढुङ्गेलको रामेछापमा प्रशंसा



१२ माघ, मन्थली
रामेछाप जिल्लाको प्रहरी प्रमुख कुमुद ढुङगेलले जिल्लामा आएदेखि राम्रो काम गरेको रामेछापवmासीले प्रशंसा गरेका छन् । विगतमा रहेको प्रहरी प्रमुखको तुलनामा जिल्लाको शान्ति सुरक्षामा राम्रो परिवर्तन ल्याएको भन्दै प्रशंका गरेका हुन् । जिल्लामा हुने गुण्डागर्दी दादागिरी गर्नेदेखि मझुवामा भएको गम्भीर प्रकृतिको घटनाका दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै रामेछापवासीले स्यावासी दिएका छन् ।

जिम्मेवारी सम्हालेको चार महिनाको अवधिमै डिएसपी ढुङ्गेलले जिल्लाको शान्ति सुरक्षामा निकै परिवर्तन ल्याएको भन्दै राजनीतिक दल बुद्धिजीवि व्यापारीले खुलेर प्रशंसा गरेका छन् । जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा ढुङगेलले तीन महिनाभित्र जिल्लाको शान्ति सुरक्षामा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुसार जिल्लामा हुने अपराधिक क्रियाकलाप रोक्नेदेखि लिएर जिल्लामा ट्राफिक व्यवस्थापनको काम प्रभावकारी रुपमा अगाडि बढ्ेको छ ।

जिल्लाबासीले मात्र होइन प्रहरी संगठनभित्र पनि डिएसपी ढुङगेलले गरेको कामको प्रशंका भएको छ । मध्यक्षेत्रीय प्रहरी कार्यालयका डिआईजी पशुपती उपाध्ययले जिल्लाको प्रमुख सम्हालेको छोटो अवधिमै शान्ति सुरक्षा र अपराध नियन्त्रमा र अनुसन्धानमा डिएसपी ढुङगेलले उदाहरणीय काम गरेको भन्दै खुलेरै प्रंशसा गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रममा डिआइजी उपाध्यले जिल्लामा अपराध घटाउन र गम्भीर प्रकृतिका पुराना घटनामा समेत डिएसपी ढुङगेलले सफल अनुसन्धान गरेको बताएका थिए ।
जिल्लाको मझुवा गाविसमा चालकलाई टाटासुमोभित्रै राखेर गोली हानी हत्या गर्ने व्यक्तिलाई डिएसपी ढुङगेल नेतृत्वको टोलीले पक्राउ गरेर सार्वजनिक गरेको छ । घटनामा संलग्नको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछाफले बताएको छ । त्यसैगरी मुझवा घटनामा मृत्यु भएका विशाल खडकाको परिवारले पनि डिएसपी ढुङगेललाई बधाई दिएका छन् । उनीहरुले घटनामा संलग्न व्यक्तिहरुमाथि कडा भन्दा कडा कारवाही गर्न र पक्राउ पर्न बाँकीलाई पनि छिटै पक्राउ भएको हेर्न चाहना भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्