बेथानमा भलिबल प्रगियोगिता सुरु



१२ माघ, रामेछाप ।
रामेछापको बेथानस्थित गाविस भवनमा भलिबल प्रतिगोगिता सुरु भएको छ । सुनापति युवा तथा खेलकुद बिकास समिति बेथानद्वारा आयोजित  भलिबल प्रतियोगिता बुधवारबाट सुरु भएको हो । २८५३औ सोनाम ल्होछार (ज्या–चरा बर्ष) को अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

सुनापति युवा तथा खेलकुद विकास समितिका अध्यक्ष रोज घिसिङले युवाहरुमा जागरण ल्याउनको लागि भलिबल प्रतियोगिता सुरु गरेको बताए । भलिबल प्रतियोगितामा आठ टिम सहभागी छन् ।

अध्यक्ष घिसिङका अनुसार प्रतिगोगितमा पियोल्याड युथ सोसाइटी डहु, माउण्ट एवरेष्ट योङ स्टार खन्जा, भल्वडी मैत्री युवा सेवा समिति भल्वडी, योञ्जन सेवा समाज बेथा, डहु मावि डहु, गार्गोठ माझी एकता समाज डहु, भल्वडी म्हार्मिन युवा क्लब, दलित जनजागरण युवा क्लब बेथान रहेका छन् । विजयी टिमलाई प्रथम पुरस्कार ११ हजार, द्धितीय ७ हजार र तृतीय ४ हजार नगद सहित साथमा सिल्ड मेडल र प्रमाणपत्र रहेको छ । सान्त्वना टिमको लागि १५ सय रुपैयाँ रहेको अध्यक्ष घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्