प्रहरीले विद्युत चोर पक्राउ गर्दा कुलमान घिसिङको कार्यकक्ष घेराउ



१२ माघ,काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउने काममा अवरोध खडा गरेको भन्दै प्राधिकरणका कर्मचारीहरुको सरुवा गरेको छ । प्राधिकरण अन्तर्गत रहेका कर्मचारी एकै ठाउँमा हुँदा संगठित रुपमा राज्यलाई घाटा पुर्याउने काममा लाग्ने भएकाले प्राधिकरणले २ हजार ४ सय ८० कर्मचारीहरुको एक साथ सरुवा गरेको हो । नेपाललाई लोडसेडिङ मुक्त बनाउने अभियानमा लागेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको कामलाई कर्मचारीबाटै अवरोध भएपनि उर्जा मन्त्रालयले कर्मचारी सुरुवा गर्ने सहमति दिएका छ । कर्मचारी सरुवा गर्ने निर्णयप्रति कर्मचारी ट्रेड युनियनहरुले आन्दोलन सुरु गरेका छन् ।

करिब १३ अर्ब रुपैयाँ बराबरको विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्व टोलीले प्राधिकरणका कर्मचारी बिजुली चोरकै अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका कर्मचारीलाई जोगाउनका लागि टे«ड युनियनका कर्मचारी लागेका छन् ।

कर्मचारी सुरुवा गर्न नहुने भन्दै विद्युत चोरीको आरोपमा पक्राउ परेका समर्थन कर्मचारीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्ष नै घेराउ गरेका छन् । प्राधिकरणले काठमाडौं क्षेत्रीय कार्यालयमा ७८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३२९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २९२ बुटवल क्षेत्रीय कार्यालयमा २६५, पोखरा क्षेत्रीय कार्यालयमा, १६६, नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ कर्मचारीहरु सरुवा गरेको प्राधिकरणले बताएको छ । उर्जा मन्त्रालयले प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई असहयोग गरेको भन्दै तीन सञ्चाललाई हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्