रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल निर्माण कार्य तिब्र गतिमा



१३ माघ, काठमाडौं ।
रामेछाप–सिन्धुली जाडने सुनकोसीस्थित खैरेनीघाट पुल निर्माण कार्यले गति लिएको छ । पुल निर्माणमा पुनः डिजाइनको कारण ढिलाई भएको पुलको यसै बर्ष पिल्लर निर्माण गरिसक्ने लक्ष्य लिएको छ । गत बर्ष सिन्धुली पट्टीको पिल्लर निर्माण कार्य सम्पन्न भएको थियो । मंसिरदेखि सुरु भएको पुल निर्माण अन्तर्गत बीचको पिल्लर निर्माण सम्पन्न भएको छ भने रामेछापपट्टीको पुल निर्माण कार्य धमाधम भइरहेको छ ।

आठ वर्ष अघि निर्माण कार्य सुरु भएको सिन्धुली–रामेछाप जोडने सुनकोसीस्थिति खैरनीघाटको पुल यसै बर्ष पिल्लर निर्माण सम्पन्न हुने र अर्को माघ महिनाभित्रमा गाडि गुडाउने लक्ष्य लिइएको छ । पुल निर्माण गर्न सरकारले देखाएको चासो र पुलको नयाँ डिजाइन बनेपछि पुल निर्माण कार्यले गति लिएको छ । सकेसम्म यसै बर्ष नसके अर्को जसरी पनि पुल निर्माण कार्य सम्पन्न गर्नको लागि पुल निर्माण डिभिजन कार्यालय र रामेछापका रानजीतिक दलहरुले ठेकेदार कम्पनीलाई दबाब दिएका छन् । डिजाइन परिवर्तन हुँदा सयमा नै पुल निर्माण हुन नसकेको ठेकेदार कम्पनी कन्काई लामा खम्पाचे जेभीले बताएको छ ।

झण्डै ८ करोड रुपैयाँमा निर्माणाधिन पुलका लागि अहिलेसम्म २ करोड रुपैयाँ खर्च भइसकेको निर्माणको जिम्मेवारी पाएको कन्काई लामा खम्पाचे जेभीको सञ्चालक आङदावा शेर्पाले बताए । खैरेनीघाट पुलको लम्बाई ८३ मिटर रहेको छ । सुनकोसी नदीमै छोटो पुलको रुपमा रहेको पुल निर्माण भएपछि रामेछापवासीका लागि ठूलो टेवा पुग्नेछ ।

राजधानी काठमाडौंबाट करिब ९० किलो मिटर दुरीमा रहेको सिन्धुली, काभ्रे र रामेछापको संगमस्थल कुशेश्वर दुम्जास्थित खैरनीघाटमा निर्माणाधिन पुन समयमा निर्माण नहुँदा रामेछाप दुई नम्बर क्षेत्रका बासीन्दाले ठूलो सास्ती खेप्दै आएका छन् । हिउदामा रोशीखाला तर्न सहज हुने भएपनि बर्षाको समयमा बढी सास्ती खेप्दै आएका छन् ।

सुनकोसी नदीमा पुल निर्माण गरिएपछि रामेछापको पश्चिमी क्षेत्रमा रहेका करिब १६ गाविसको बासिन्दालाई प्रत्येक्ष फाइदा पुग्नेछ । पुल निर्माणसँगै विपी राजमार्गसँगवै जोडिएपछि रामेछापका वासिन्दाले तराई र राजधानी काठमाडौं आवतजावत गर्न सजिलो हुनेछ । पुल निर्माण भएपछि रामेछापका स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य उत्पादन विक्रिवितरण गर्न हुनुका साथै पर्यटकीय सम्भावना बोकेर बसेका सुनापती गाल्वा र दोरम्बा लगायतका स्थानको विकासमा टेवा पुग्ने छ ।

आङदावा शेर्पा सञ्चालक,कन्काई लामा खम्पाचे जेभी

अर्को बर्ष पुलबाट गाडि गुडछः आङदावा शेर्पा

पुल निर्माणको लागि एउटा पिलर निर्माण कार्य सम्पन्न भएको छ । बीचको पिलर निर्माण हुने चरणमा छ । रामेछापपट्टीको पिलर निर्माणको लागि स्काइभेटर मार्फत जग खन्ने काम भइरहेको छ । पहरो भएको कारण केही समय लाग्न सक्छ ।

तर पनि यस बर्ष तीन वटै पिलर निर्माण सम्पन्न हुन्छ । अर्को बर्ष जसरी पनि गाडि गुडाउने गरी काम गरेका छौं । पिलर निर्माण सम्पन्न गरेर ट्रस्टको लागि नापेर पठाउनु पर्छ । आगामी मंसिरबाट नै ट्रस्ट फिटिङको काम अगाडि बढाउछौ । पुनः डिजाइन परिर्वत, भुकम्प, नाकाबन्दीको लगायतको कारणले समयमा नै पुल निर्माण गर्न सकिएन । अब कुनै पनि कारणले पुल निर्माण रोकिदैन अर्को बर्ष सम्पन्न गरेर गाडि गुडाउने गरी कामलाई तिब्रता दिएका छौं ।

प्रतिक्रिया दिनुहोस्