रामेछापको ८ हजार ४५९ गुनासो फस्यौट,क–कसले पाउने भए अनुदान ? ( हेर्नुहोस सूचि सहित)



 

१३ माघ, काठमाडौं ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले रामेछापबाट निजी आवास निर्माणको लागि अनुदान नपाएको भन्दै परेको १३ हजार ९ सय ७२ वटा गुनासो मध्ये ८ हजार ४ सय ५९ गुनासो फस्यौट गरेको छ । पहिलो किस्ता पाउनु पर्ने माग सहित गुनासो परेको छ महिनापछि पुननिर्माण प्राधिकरणले गुनासो फस्यौट गरेको हो ।
८ हजार ४ सय ५९ गुनासो मध्ये एक हजार ८ जनाले मात्र अनुदान प्राप्त गर्न सकिने राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले रामेछाप न्युजलाई बताए । प्राधिकरणले गुनासा गर्ने अधिकांश घरपरिवारलाई प्राधिकरणले बनाएको मापदण्ड अनुसार नपर्ने भएको बताएको छ । प्राधिकरणका अनुसार हालसम्म पहिचान भएको कुल लाभग्राहीको संख्या ४३ हजार ६ सय ९० रहेका छन् । जस अनुसार ४० हजार ९ सय ११ कुल घरधरी रहेका छन् ।

प्रवक्ता भुसालका अनुसार रामेछापबाट १३ हजार ९ सय ७२ वटा गुनासो परेका छन् । जस अनुसार ८ हजार ४ सय ५९ गुनासो फस्यौट भएको र बाँकी फस्यौट हुने क्रममा रहेको उनले बताए । ८ हजार ४ सय ५९ मध्ये ४ हजार ५ सय ५८ जना गुनासोकर्ताले अनुदान नपाउने, ४ हजार ८८ जना पहिलेकै घरमा बस्न हुने र ३ सय ७० परिवार अन्यत्रै घर भएको निष्कर्ष प्राधिकरणले निकालेको छ । जिल्लामा पुनरावलोकन गर्नुपर्ने परिवार ३ सय २७ र पुनसर्भेक्षण गर्नुपर्ने परिवार २ हजार ४३ रहेको छन् । प्राधिकरणका अनुसार केही दिनभित्र नै बाँकी गुनासोहरुको पनि फस्यौट हुनेछ ।

यस्ताे छ विवरण

प्रतिक्रिया दिनुहोस्