रामेछापमा टेलिकमले प्रभावकारी सेवा दिन्छः भण्डारी



१४ माघ, रामेछाप ।
नेपाल टेलिकम रामेछापलिे पटक–पटक ताकेता गर्दा पनि टेलिकमलबाट सेवा लिएर रकम भुक्तानी नगर्ने सेवाग्राहीको नाम सार्वजनिक गरेर कार्वाही गर्ने बताएको छ । टेलिकमले टेलिफोनको सुविधा लिएर समयमा रकम भुक्तानी नगर्ने राजनीतिक दल जिल्लामा नाम चलेकै व्यक्ति रहेको बताएको हो ।
सदरमुकाम मन्थलीमा शुक्रवार पत्रकार सम्मेलन गर्दै टेलिकम रामेछापका कार्यालय प्रमुख बिष्णु भण्डारीले सेवा लिएर पैसा नतिर्ने परिपाटी बढ्दो रहेको बताए । उनले भने,‘समयमा नै पैसा नबुझाउने राजनीतिक दल, संस्थाहरु र ब्यक्तिहरुलाई अझै केही समय दिन्छौ, तोकिएको समयभित्र पनि रकम नबुझाए नाम सार्वजनिक गरेर कार्वाही प्रक्रिया थाल्छौ ।’
उनले जिल्लाको मुगिटार र भटौलीमा गुणस्तरीय दुरसञ्चार सेवा दिन तिव्रताका साथ कार्य भइरहेको बताउदै बाम्ती, शिवालय, ठोसे साँघुटारका लागि प्लानिङ एम्प्रोभ भइसकेका जानकारी दिए । शिवालय भुजी, कठजोर, पुरानागाँउ डडुवा, गोगनपानी, खाँडादेवी, हिलेदेवी, डडुवाको सैलुङ्ग लगायतका गाविसमा बिटिएस जडानको क्रममा रहेको बताउदै भण्डारीले भने,‘टेलिकमलाई प्रभावकारी बनाउन जिल्लाका बिभिन्न १० ठाउमा नयाँ टावर राख्नका लागि प्रस्ताव गरिएको छ, प्रस्ताव स्वीकृत भएलगत्तै निर्माणको काम अगाडि बढ्छ ।’
टेलिकम रामेछापले चालु आर्थिक वर्ष ०७३÷०७४को दोस्रो त्रैमासिकको अन्त्यसम्म ४३ लाख ३७ हजार ८ सय १ रुपैया राजस्व संकलन गर्न सफल सफल भएको बताएको छ । । प्रमुख भण्डारीका अनुसार ल्याण्डलाइन तथा एडिएसएल सेवा एमएसएजी स्वीचमा माईग्रेट गरिएको, ५ सय ४४ लाइन मात्र क्षमता भएको टेलिफोन एक्सचेन्ज विस्थापित गरी ५ सय ७५ एमएसएजी स्वीच जडान गरि एक्सचेन्जबाट ल्याण्ड लाइन तथा एडिएसएल सेवा संचालनमा ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्