रामेछापको बेथानमा कुलमान घिसिङको भव्य नागरिक अभिन्नदन (फोटो फिचर सहित)



१६ माघ, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई गृह जिल्ला रामेछापमा भव्य रुपमा नागरिक अभिन्नदन गरिएको छ । रामेछाप जिल्लाको बेथान गाविस डहुमा जन्मिएर देशलाई नै उज्यालो पार्ने अभियानमा सफलतापूर्वक लागेको भन्दै घिसिङलाई नागरिक अभिन्नदन गरिएको हो ।

गृह जिल्ला रामेछापमा आइतवार डहु मावि डहुले आयोजना गरेको कार्यक्रममा घिसिङलाई नागरिकहरुले अभिन्दन भएका हुन् । नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका प्रमुख घिसिङले अब रामेछापका बिजुली बल्न बाँकी रहेका सबै गाविसहरुमा विद्युतीकरण हुने बताए ।


उनले अब कुनै पनि नेपाली बिजुलीको अभावमा अध्याँरोमा बस्न नपर्ने बताए । घिसिङले सबै नेपालीलाई बिजुलीको उपभोग गर्ने गरी विद्युत प्राधिकरणले काम गरिरहेको बताए ।

बिजुली बाल्न बाँकी रहेका रामेछापका सबै गाविसमा विद्युतीकरणको लागि बजेट विनियोजन भइसकेको बताउदै आफूले देशलाई नै उज्यालो बनाउने अभियानमा लागेको   उनले बताए ।


आफ्नो जिल्लालाई भन्दा पनि देशलाई नै उल्यालो बनाउने र बिजुली माफर्त देशलाई धनी बनाउने अभियानमा रहेको बताउदै उनले जिल्लाको लागि पर्याप्त ध्यान दिन नसकेको बताए । ‘देशकै लागि काम गर्दा जिल्ला पनि समेटिन्छ, अब रामेछापवासीले पनि अन्धकारमा बस्नु पदैन ।’

‘कहिलेकाही लाइन सट भएर प्राविधिक कारणले पाँच दस मिनेट विद्युत जादा लोडसेडिङ भएको मान्नु हुँदैन’, प्रमुख घिसिङले भने,‘प्राधिकरणमा राम्रो व्यवस्थापन गर्न सक्दा लोडसेडिङ हटाउन सफल भयौं ।’ उनले सुनकोसी नदीमा निर्माण हुने जलविद्युत आयोजनालाई मध्यनगर गर्दै रामेछापको राकाथुम गाविसमा स्वस्टेसन बनाउने काम अगाडि बढाएको बताउदै यस सवस्टेसन मार्फत हिमाल पहाड र तराईका क्षेत्रमा विद्युत वितरण गर्न सहज हुने योजना बनाएको बताए ।


डहु मावि डहुको भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङले विद्यालयमा जडान भएको इन्टरनेट र सिसी क्यामेराको समेत उदघाटन गरेका थिए

प्रतिक्रिया दिनुहोस्