मन्थलीमा शहीदको सम्झना



१६ माघ, रामेछाप ।
शहीद दिवसको अवसरमा रामेछाप जिल्लामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । शहीद गंगालाल श्रेष्ठ र नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमि रामेछापमा दिवस मनाईको हो ।

तस्बीरः प्रकाशकुमार कार्कीको फेसबुकबाट

नेकपा एमाले जिल्ला कमिटि रामेछपले सदरमुकाम मन्थलीस्थति हाटेचौरमा रहेको तीनलाल पार्कमा आयोजना गरेको कार्यक्रममा शहीदकोप्रति माल्यापर्ण गरी मनाइएको छ ।

मन्थलीको हाटेचौरमा रहेको तीनलाल पार्कमा शहीद गंगालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र कृष्णलाल अधिकारीको शालिक रहेको छ । कार्यक्रममा एमाले जिल्ला सचिव आनन्द श्रेष्ठ, एमाले प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्की, नागरिक समाजका अगुवा रामचन्द्र, बियोगी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्