रामेछापमा नौ हजार घर पुननिर्माणका गर्न दोस्रो किस्ता माग



१९ माघ, रामेछाप ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय ससमितिको सचिवालय रामेछापले यस बर्ष नौ हजार नीजि घर निर्माणको लागि दोस्रो किस्ता माग गरेको छ । जिल्लामा यस बर्ष झण्डै छ हजार घर पुननिर्माण हुने अनुमान सहित पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले नौ हजार घर निर्माणको लागि नौ हजार घरपरिवारको लाग दोस्रो किस्ता माग गरेको हो ।

पुनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका प्रमुख ऋषि आचार्यले जिल्लामा पुननिर्माणको कामले गति लिएको बताए । आचार्यले रामेछाप न्युजसँग भने,‘पुननिर्माणको कामले गति लिएको छ, सबै निकायसँग समन्वय गरेर तिब्रता दिएका छौ, यस बर्ष छ हजार घर पुननिर्माण हुने अनुमान गरेका छौं ।’ उनले घर निर्माणको लागि आवश्यक दक्ष जनशक्तिको अभाव, प्राविधिकको संख्यामा कमी, पानी र काठ लगायतको कारणले अपेक्षा अनुसार पुनिर्माणको कामलाई गति दिन नसकेको बताए ।
जिल्लामा हाल हाल करिब ३ हजारको संख्यामा घरहरु पुननिमाण भइरहेको तथ्याङक रहेको बताउदै आचार्यले २७ सय लाभग्राहीहरु दोस्रो किस्ताको लागि अनुदान दिने तयारी भइरहेको बताए । रामेछापमा निजी आवास पुननिर्माण ४३ हजार ६ सय ९ लाभग्राही रहेकोमा ४१ हजार ९८ लाभ ग्राहिहरुसँग सम्झौता भएको छ । उनका अनुसार ४१ हजार ८८ लाभग्राहीहरुलाई पहिलो किस्ता अनुदान रकम उपलब्ध गराईएको छ ।
प्रमुख आचार्यले अनुसार जिल्लाको मन्थली नगरपालिका–२ मा नेपाल रेडक्रस सोसाइटी र बिजुलीकोट ३ र ६ मा मेडयरको सहयोगमा सामुदायिक विकास समाज मन्थलीले १२ सय ६४ निजी आवास पुननिर्माणको जिम्मा लिएका छन् । यस स्थानमा तिब्र गतिको साथ पुनिर्माणको काम भएको बताउदै उनले केही समयभित्र सम्पन्न हुने विश्वास व्यक्त गरे । पुननिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनको कारण पनि भुकम्प पीडितहरुले दोस्रो किस्ता रकम प्राप्त गर्न समय लम्बिएको बताइएको छ । हाल जिल्लामा पुनिर्माणको लागि तीन हजार गालीगढ र झण्डै दुई सय प्राविधिक आवश्यक रहेको प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्