रामेछापमा एक हजार ८ सय मेगावाट विद्युतको पिपिएःकुलमान घिसिङ



२१ माघ,रामेछाप  ।

नेपाल विद्युत प्रकिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलकलाई चाडै नै लोडसेडिङमुक्त बनाउने भिजन आफूसँग रहेको बताएका छन् । उनले प्राधिकरणको नेतृत्व सम्हाले लगत्तै देशभर रहेको विद्युत चुहावट रोक्न रातदिन नभनि लाग्दा सफल भएको बताउदै केही समयभित्र नै लोडसेडिङमुक्त बनाउने अभियानमा रहेको बताएका हुन् । रामेछापको सदरमुकाम मन्थलीमा शुक्रवार आयोजित स्वागत कार्यक्रमपछि प्रमुख घिसिङले देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानलाई सफल पारेर छोडने बताए ।
सरकारले देशभरका विभिन्न आयोजनाबाट तीन हजार मेगावाट विद्युत उत्पादनको लागि पीपीए गरेको बताउदै घिसिङले भने,‘रामेछापका विभिन्न खोला र नदीबाट मात्र १ हजार ८ सय मेगावाट विजुलीको लागि पीपीए भएको छ ।’ उनले विद्युतीकरण हुन बाँकी गाविसमा विद्युतको लागि प्रक्रिया अगाडि बढाइएको समेत बताए ।

‘विद्युत चुहावटको नियन्त्रणका रातदिन नभनि लागेको छु’,उनले भने,‘विद्युत चुहावट रोक्न लाग्दा धेरै खालका चुनौतीको सामना पनि गरेको छु ।’ प्राधिकरणको प्रमुख भएपछि घिसिङ पहिलो पटक आफ्नो गृह जिल्ला सदरमुकाम मन्थली गएका हुन् ।

रामेछाप जिल्लामा खिम्ती २ जलविद्युत आयोजना निर्माणको क्रममा छ भने लिखु खोलामा सबै भन्दा बढी आयोजना सञ्चालनको लागि पिपिए भएको छ । घिसिङले कार्यकायलमै तामाकोसी र सुनकोसी लगायतका नदी र सम्भाव्यता बोकेका नदीबाट लविद्युत आयोजनाको काम अगाडि बढाउन रामेछापवासीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्