बेथानमा ५५ जना शहीदका परिवारलाई सम्मान गरिने



२१ माघ, रामेछाप ।
सरकारले शहीद घोषणा गरेका रामेछापका ५५ जना शहीदका परिवारलाई सम्मान गरिने भएको छ । २०५५ सालपछिका परिवर्तनमा ज्यान गुमाएका शहीदका परिवारलाई सम्मान गर्न लागिएको हो ।शहीद गोबिन्द खड्का स्मृति प्रतिष्ठान बेथान–३ रामेछापका ५५ जना शहिदका परिवारलाई सम्मान गर्न लागेको बताएको छ ।

शुक्रबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठाका अध्यक्ष नारायण खडकाले परिवर्तनको आन्दोलनमा शहीद भएका परिवारलाई सम्मान गर्न लागिएको बताए ।

बि.स २०५८ साल फागुन ४ गते तत्कालिन नेपाली कांग्रेसका नेता गोबिन्द खड्काले ज्यान गुमाएको सम्झनामा बेथान गाविसमा खड्काको सालिक अनावरण तथा १५ औ स्मृति सभाको अवसर सम्मान गर्न लागिएको खडकाले बताए ।

शालिक अनावरण गर्नको लागि कांग्रेस सभापति शेरबहादुर देउवा आउने जानकारी दिदै अध्यक्ष खडकाले सरकारले घोषणा गरेको रामेछापका राष्ट्रिय शहिदहरुलाई सम्मान गर्न लागिएको बताए ।

बेथानमा फाुगन ४ गते  गोविन्द स्मृति प्रतिष्ठानको कार्यक्रममा पार्टी सभापति देउवा आउने भएपछि आयोजकलाई भ्याइनभ्याइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्