रामेछाप शिक्षक संघको अध्यक्षमा सुवेदी निर्वाचित



२३ माघ, रामेछाप ।

नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् । नेपाल शिक्षक संघ रामेछापको ८ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा नवराज घिमिेर निर्वाचित भएका भएका हुन् ।

उपाध्यक्षमा कविन्द्र तामाङ, महिला उपाध्यक्ष प्रविना पौडेल, सचिव अर्जन श्रेष्ठ, अर्थ सचिव मेघप्रसाद भट्टराई, सह सचिव विष्णु बहादुर थापा, सदस्यहरुमा खेच बहादुर खड्का, निराजन लामा, डम्बर नारायण श्रेष्ठ, झलक प्रसाद भट्टराई, लक्ष्मी बुढाथोकी कार्की, कमला कुमारी थापा, सावित्रा कार्की, रामचन्द्र अधिकारी, चन्द्रबहादुर घिसिङ, राजु श्री घिमिरे र शिवप्रसाद सुवेदी लगायत रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई रामेछाप कांग्रेसले बधाई दिएको छ । नेपाली कांग्रेस रामेछापका सभापति लबश्री न्यौपानेले विजयी पदाधिकारीलाई बधाई दिएका हुन् । विजयी पदाधिकारीहरुलाई आइतवार नै सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्